ghar sansar

भीमदत्तका नगर प्रहरीकी धर्मपत्नि भेटिइन् वडा कार्यालयमा मृत, महाकाली अस्पतालमा शव जाँचपछि घर परिवारलाई जिम्मा

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयमा मृत भेटिएकी प्रमिला धामीको शव परिवारले जिम्मा लिएका छन् । महाकाली प्रादेशिक अस्पतालमा शव जाँचपछि साँझ जिम्मा लिएको हो । प्रहरीले वडा कार्यालयको सिसिटिभी जाँच गरी घट्नाको मुचुल्का तयार गरेपछि शव महाकाली अस्पताल लगिएको थियो ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले घट्नाबारे अनुसन्धान कार्य अगाडि बढाइएको बताए । आइतबार विहान वडा कार्यालयको सभा कक्षमा झुण्डिएको अवस्थामा धामी मृत भेटिएकी हुन् ।

mahostaw

भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महरा धर्मपत्नि २० वर्षिया प्रमिला धामी आइतबार विहान मृत भेटिएकी हुन् । दार्चुलाका महरा र धामीबीच केही महिना अघि प्रेम विवाह भएको थियो ।

नगर प्रहरी महरा केही महिनादेखि वडा कार्यालयमा परिचालन गरिएका छन् । उनी वडा सभा कक्षसंगै जोडिएको कोठामा बस्दै आएका थिए । सभा कक्षमा विहान योग अभ्यास गर्न आएका महिलाहरुले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...