ghar sansar

गरीबको जग्गामा जालझेल : वडाले दिएन घर बाटो सिफारिश, कुमारी बैंकलाई छटपटी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले कुमारी बैंकले लिलाम गरेको श्रीकृष्ण टोलस्थित तीन कट्टा ११ धुर जग्गाको घर बाटो सिफारिश नदिने भएको छ । बैंकले गत महिना ५७ लाख ५० हजार जग्गा लिलाम गरी घर बाटो सिफारिशका लागि वडा कार्यालयलाई पत्र पठाएको थियो ।

वडा कार्यालयले लिलाम गरिएको जग्गामा विवाद देखिएको भन्दै घर बाटो सिफारिश नदिएको हो । बैंकले लिलाम जग्गा आफूहरुको भएको र जालसाजी गरी बैंकमा राखेर लिलाम गरिएको भन्दै भीनपा १८ का प्रकाश पार्कीले वडा कार्यालयमा निवेदन दिएका थिए । उनको निवेदनपछि जग्गाको घर बाटो सिफारिश रोकिएको हो । वडाले घर बाटो सिफारिश नदिएपछि लिलाम जग्गाको रजिष्ट्रेसन पास रोकिएको छ ।

lotus institite

बैंकले प्रकाश भट्टको नाममा लिलाम सकार गरेको थियो । बैंकका अनुसार लिलाम प्रक्रियामा भट्ट मात्रै सहभागी भएका थिए ।

भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले लिलाम गरिएको जग्गामा विवाद आएपछि घर बाटो सिफारिश नदिइएको बताए । ‘बैंकबाट घर बाटो सिफारिशका लागि पत्र आएको छ, यो जग्गामा विवाद देखिएको छ’ वडा अध्यक्ष देवकोटाले भने,‘विवाद भएका कारण घर बाटो सिफारिश दिइएको छैन ।’

वडा अध्यक्ष देवकोटाका अनुसार घर बाटो सिफारिशका लागि जग्गाधनी वडा कार्यालय आउनु पर्नेमा बंैकका कर्मचारी मात्रै कार्यालय आएका छन् । वडा कार्यालयले सिफारिश नदिएपछि कुमारी बैैंकको केन्द्रीय कार्यालयले अध्यक्ष देवकोलाई जृेल हाल्ने धम्की दिएको छ ।

‘जग्गा धनी नआएसम्म घर बाटो सिफारिश दिन सकिदैन, बैंकका कर्मचारीले कार्यालयमा आएर दबाव दिएका छन्, मला जेल हाल्नसम्म धम्की आएको छ’ उनले भने,‘म कानुन सम्मत काम गर्छु, त्यस बाहिर गएर जेल हाले पनि काम गर्दिन ।’

बैंकले चन्द्र गिरीको जग्गा भएको भन्दै वडा कार्यालयलाई घर बाटो सिफारिश गर्न दबाव दिएको हो । केही वर्ष अघि जग्गालाई बैंकमा राखेर ४५ लाख ऋण लिएका गिरी एक वर्षदेखि सम्पर्क विहीन भएपछि लिलाम गरिएको थियो ।

बैंकका कर्मचारी लिलाम प्रक्रियाका लागि जग्गा हेर्न पुगेपछि मात्रै पार्की परिवारले आफ्नो जग्गा बिक्री भएर बैंकमा राखेको थाहा पाएका थिए । त्यस अघि पार्की परिवारलाई मेहन्द्रनगर बजारका लक्ष्मण विष्टको नाममा मात्रै जग्गा दृष्टि बन्धक राखिएको जानकारी थियो ।

प्रकाश बुवा स्वर्गिय थम बहादुरले दाई कमलको आग्रह अनुसार महेन्द्रनगर बजारका विष्टबाट ८ लाख ऋण लिएर उनको नाममा दृष्ट बन्धक राखेका थिए । विष्टले दृष्टिबन्धक गरेपछि जग्गा आफ्नो नाममा पास गरी गिरीलाई बिक्री गरेका थिए । विष्टले दृष्ट बन्धक राखेको ८ लाख सावा र ब्याज वापतको १८ लाख अशुलीका लागि गिरीलाई बेचेका हुन् ।

विष्टले दृष्टिबन्धक राखेको जग्गा आफ्नो नाममा पास गरेको पार्की परिवारले २०७२ मा थाहा पाएका थिए । विष्टलाई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनले जग्गा फिर्ता गर्ने कागज बनाएका छन् । प्रहरी कार्यालय बाहिर कागज बनाएको केही समयपछि उनले गिरीलाई जग्गा बिक्री गरेको थियो ।

विष्टले कागज बनाएपछि गिरीलाई जग्गा बिक्री गरिएकोबारे आफूहरुलाई केही थाहा नभएको प्रकाशकी आमा राधादेबीले भनिन्,‘मैले त अस्ति यो जग्गा चन्द्र गिरीको हो भनेर बैंकका मान्छेले सोध्दा मात्रै थाह पाएको हुँ ।’

विष्टले ८ लाखमा जग्गा लिएपछि मानसिक तनावमा परेका प्रकाशका बुवा थम बहादुरको जग्गाको चिन्ताले पाँच वर्ष अघि मृत्यु भएको थियो । बैतडीबाट आएको पार्की परिवार २०२२ सालदेखि जग्गाको भोगलचन गर्दै आएको छ ।

‘मेरो बुवालाई ठूला बुवाले केही व्यापार व्यवसाय गर्छु भनेपछि विष्टजीसित ८ लाख ऋण लिएर दृष्टि बन्धक राखिएको हो, मेरो बुवाले त्यो पैसाको एक रुपैँया पनि खर्च गरेको छैन’ उनले भने,‘त्यो पैसा खर्च गर्नेहरुले नै हामी डुबायो, उठिबास लगाउने अवस्थामा ल्याए, त्यसैले यो जग्गा हामी कुनै पनि हालतमा छाड्दैनौ ।’

daimond public

जानकी टोलका गिरीले विष्टबाट जग्गा किनेर कुमारी बैंकको अत्तरिया शाखा(तत्कालिन एनसीसी ) बैंकबाट ऋण लिएका थिए । गिरीले जग्गा बैंकमा धितो राखेर ऋण लिँदा समेत बैंकका कर्मचारी जग्गा हेर्न नआएको पार्की परिवारको भनाई छ ।

अहिले डेढ करोड चलनचल्ती मूल्य भएको जग्गाको त्यति बेला ९० लाख मूल्याङ्कन गरी ऋण दिइएको थियो । अहिले बैंकले आफ्नो सावा र ऋण मात्र अशुल्ने गरी जग्गा लिलाम गरेको हो । जग्गाको मूल्याङ्कन अनुसार लिलाम नगरी सावा र ब्याज अशुलीका लागि मात्रै गरिएपछि बैंकको नियतमाथि आशंका गरिएको छ ।

पार्की परिवारले जालसाची गरी जग्गा बैंकमा पुगाएर लिलाम गरिएको भन्दै आफूहरुलाई फिर्ता हुनु पर्ने बताउँदै आएका छन् ।

‘यो जमिन हाम्रो हो, हामी यसमा २०२२ सालदेखि बस्दै आएका छौ, मेरा बुवालाई दृष्टि बन्धकपछि यो जमिन कसरी मालपोत कार्यालयमा पास भयो, कसरी गिरीलाई बेचियो, त्यो हामीलाई केही पनि थाह छैन, यो जमिन हाम्रो, त्यसैले बैंकले हामीलाई फिर्ता गर्नु पर्छ’ प्रकाशले भने ।

जग्गा फिर्ताका लागि पार्की परिवार वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र बैंक पुगेको छ । बैंकमा जग्गा लिलाम प्रक्रिया रोक्न निवेदन दिइएको थियो । बैंकका अधिकारीहरुले सुरुमा रकम जम्मा गरे जमिन फिर्ता दिने आश्वासन दिए पनि अन्तिममा मिलमेतो गरी उनीहरुलाई प्रक्रियामा सहभागी नगरी जग्गा लिलाम गरिएको थियो ।

‘यो जमिन हाम्रो हो, जे जसरी पनि भएर लिलाम गए पनि त्यो पैसा हामी तिर्छौ, बिड गर्र्छौ, फिर्ता गर्नुहोस भनेर अत्तरिया र काठमार्डांसम्म पुग्यौ’ उनले भने,‘सुरुमा हुन्छ भन्यो, त्यसपछि पैसा खोजेर बैंकमा गएर बिड गर्न खोज्दा आलटाल गरी अर्कै व्यक्तिसित मिलोमतो गरी लिलाम गरियो, यसमा बैंकको नियत ठिक देखिएन, नत्र हामी हाम्रो जमिन फिर्ता पाउँथ्यौ ।’

बैंकको अत्तरिया शाखा प्रबन्धक किसन पाल र केन्द्रीय कार्यालयमा रिकभरी अफिसर भुवन पाण्डेयका कारण जमिन फिर्ता पाउन नसकेको उनको भनाई छ ।

बैंकको केन्द्रीय कार्यालयका रिकभरी अफिसर पाण्डेयले सुरुमा जग्गा फिर्ताका आश्सान दिएर अन्तिममा आफूलाई रोकेर अर्कैलाई हाल्न लगाएको उनले बताए ।

‘दुई दिन अघि निवेदन दिएपछि दुई तीन चार दिनमा जम्मा गर्न न भन्यो, त्यस अनुसार पैसा खोजेर बैंकमा गए, त्यहाँ के कुरा भएको रहेछ, आलटाल गरियो,’ उनले भने,‘त्यसपछि त उनले बिड हाल्न पाइदैन, अब जे जे गर्न मन छ, गर्न, अबदेखि फोन नगर्नु भनेर भन्यो ।’

बैंकले जमिन फिर्ता दिने आश्वासन दिएपछि उनी ५७ लाख रकम बोकेर बैंकको महेन्द्रनगर शाखा पुगेका थिए । शाखाका कर्मचारीले रिकभरी अफिसर पाण्डेयको निर्देशनमा आफ्नो रकम जम्मा नगरिको बताए ।

‘मलाई त्यो दिन कर्मचारीले तलदेखि माथि र माथिदेखि तल जानु भनियो, मैले थाह पाइ सकेको थिए, पाण्डेयजीजलाई फोन गर्दा एक छिनपछि हुँदैन भनि हाल्यो’ उनले भने ।

कुमारी बैंकको महेन्द्रनगर शाखाका प्रमुख खडक सिह मडैले बैंकले कानुन अनुसार जग्गा लिलाम गरेको र वडा कार्यालयमा घर बाटो सिफासिरश रोकिएको बताए । उनले वडा कर्याालयले बैंकलाई छलफलका लागि बोलाएको बताए ।

‘राष्ट्र बैंकको नियमानुसार जग्गा लिलाम गरिएको हो, एक वर्ष माथि किस्ता र ब्याज नआएपछि लिलाम प्रक्रियामा जान सकिने व्यवस्था छ’ उनले भने,‘यो बैंकको अत्तिरया शाखाबाट प्रक्रिया अघि बढेर लिलाममा गएको हो ।’

कुमारी बैंकको केन्द्रीय कार्यालयले भने वडा अध्यक्ष देबकोटालाई फोन गरी घर बाटो सिफारिश रोक्ने कार्य रोक अदालत जाने चेतावनी दिएका छन्

Himal dental
सम्बन्धित
Loading...