Sarsoti

तीन दिनदेखि वेपत्ता गोबरैयाका विष्ट मृत भेटिए, हत्या आशंकामा दुई जना पक्राउ

lotus institute

महेन्द्रनगर । तीन दिनदेखि वेपत्ता भीमदत्त नगरपालिका ४ गोबरैयाका चन्द्र बहादुर विष्ट मृत अवस्थामा भेटिएका छन् । महाकाली सिँचाई नहरको विष्टको शव भेटिएको हो । विष्ट आइतबारदेखि वेपत्ता भएका हुन् । विष्टको हत्या गरिएको परिवारले बताएका छन् ।

Mahendranagar

प्रहरीले विष्टको शव भेटिएपछि दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले पसले दिपक जोशी र छिमेकी भरत चन्दलाई पक्राउ गरिएको जानकारी दिए ।

morning glory

‘अनुसन्धान अघि बढाएका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘घटना स्थलदेखि शव फेला परेको स्थान सबै क्षेत्रमा आवश्यक अनुसन्धान अघि बढाएका छौँ ।’

saark school
सम्बन्धित
Loading...