ghar sansar

बैंक र भूमाफियाको मिलेमतोमा गरीबको जग्गा हडप्न खोजिएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको कब्जा

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरले बैंक कर्मचारी र भूमाफियाको मिलोमतोमा भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलस्थित थम बहादुर विकको जग्गा हडप्न खोजिएको भन्दै कब्जा लिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले मंगलबार विकको जग्गा कब्जा गरेको झण्डा गाडेको हो । विकसित जालसाची गरी बिक्री गरी बंैकमा राखिएको तीन कट्टा ११ धुर जग्गा कुमारी बैंकले गत पुस १८ गते लिलाम गरेको थियो ।

lotus institite

बैंकको जग्गा लिलाम प्रक्रिया विवादित बनेको छ । भीमदत्त नगरपालिका १८ ले लिलाम जग्गाको घरबाटो सिफारिश रोकि दिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता दिपेन्द्र ऐरले सर्वसाधारण विकको जग्गा बंैक कर्मचारी र भूमाफियाको मिलेमतोमा हडपिएकाले कब्जा गरिएको बताए ।

‘बैङक र भूमाफिया विरुद्ध यो कदम चालेका छौ’ उनले भने,‘यो जग्गा तत्कालिन एनसीसी बंैंक हालको कुमारी बैंकका कर्मचारीको मिलेमतोमा हडप्ने षडयन्त्र गरिएको छ ।’

१२ वर्ष अघि विकको जग्गालाई उनका दाई कमल लगायतले महेन्द्रनगर बजारका लक्षमण विष्टसित ८ लाख ऋण लिएर दृष्टबन्धक राखेका थिए । पछि विष्टले जग्गा आफ्नो नाममा पास गरी चन्द्र गिरीलाई १८ लाखमा बेचेपछि बैंक कारोबार गरिएको थियो ।

कुमारी बैकको अत्तरिया शाखाले गत पुसमा ५७ लाख ५० हजारमा जग्गा लिलाम गरेपछि विवादित बनेको छ । जग्गाधनी विकका परिवारले आफूहरुलाई जालसाची गरी जग्गा लिलाम गरिएकाले फिर्ताका लागि विभिन्न निकाय गुहारि रहेका छन् ।

कुमारी बैंकले घर बाटो सिफारिशका लागि वडा अध्यक्षलाई जेल हाल्ने धम्कीसम्म दिएर दबाव दिएको छ । वडा कार्यालयले जग्गाको विवाद आएको भन्दै घर बाटो सिफारिश रोकि दिएहो हो ।

वडा अध्यक्ष देवकोटाले जग्गाधनी नआएसम्म घर बाटो सिफारिश दिन नसकिने बताउँदै आएका छन् । ‘जग्गा धनी नआएसम्म घर बाटो सिफारिश दिन सकिदैन, बैंकका कर्मचारीले कार्यालयमा आएर दबाव दिएका छन्, मला जेल हाल्नसम्म धम्की आएको छ’ उनले भने,‘म कानुन सम्मत काम गर्छु, त्यस बाहिर गएर जेल हाले पनि काम गर्दिन ।’

बैंकमा जग्गा राखेकी सम्पर्क विहीन छन् । गिरीले बंैकको अत्तरियामा शाखाबाट जग्गा धितो राखेर ४५ लाख ऋण लिएका थिए ।

daimond public

विष्टले दृष्टिबन्धक राखेको जग्गा आफ्नो नाममा पास गरेको पार्की परिवारले २०७२ मा थाहा पाएका थिए । विष्टलाई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनले जग्गा फिर्ता गर्ने कागज बनाएका छन् । प्रहरी कार्यालय बाहिर कागज बनाएको केही समयपछि उनले गिरीलाई जग्गा बिक्री गरेको थियो ।

विष्टले कागज बनाएपछि गिरीलाई जग्गा बिक्री गरिएकोबारे आफूहरुलाई केही थाहा नभएको प्रकाशकी आमा राधादेबीले भनिन्,‘मैले त अस्ति यो जग्गा चन्द्र गिरीको हो भनेर बैंकका मान्छेले सोध्दा मात्रै थाह पाएको हुँ ।’

विष्टले ८ लाखमा जग्गा लिएपछि मानसिक तनावमा परेका प्रकाशका बुवा थम बहादुरको जग्गाको चिन्ताले पाँच वर्ष अघि मृत्यु भएको थियो । बैतडीबाट आएको पार्की परिवार २०२२ सालदेखि जग्गाको भोगलचन गर्दै आएको छ ।

‘मेरो बुवालाई ठूला बुवाले केही व्यापार व्यवसाय गर्छु भनेपछि विष्टजीसित ८ लाख ऋण लिएर दृष्टि बन्धक राखिएको हो, मेरो बुवाले त्यो पैसाको एक रुपैँया पनि खर्च गरेको छैन’ उनले भने,‘त्यो पैसा खर्च गर्नेहरुले नै हामी डुबायो, उठिबास लगाउने अवस्थामा ल्याए, त्यसैले यो जग्गा हामी कुनै पनि हालतमा छाड्दैनौ ।’

जानकी टोलका गिरीले विष्टबाट जग्गा किनेर कुमारी बैंकको अत्तरिया शाखा(तत्कालिन एनसीसी ) बैंकबाट ऋण लिएका थिए । गिरीले जग्गा बैंकमा धितो राखेर ऋण लिँदा समेत बैंकका कर्मचारी जग्गा हेर्न नआएको पार्की परिवारको भनाई छ ।

अहिले डेढ करोड चलनचल्ती मूल्य भएको जग्गाको त्यति बेला ९० लाख मूल्याङ्कन गरी ऋण दिइएको थियो । अहिले बैंकले आफ्नो सावा र ऋण मात्र अशुल्ने गरी जग्गा लिलाम गरेको हो । जग्गाको मूल्याङ्कन अनुसार लिलाम नगरी सावा र ब्याज अशुलीका लागि मात्रै गरिएपछि बैंकको नियतमाथि आशंका गरिएको छ ।

पार्की परिवारले जालसाची गरी जग्गा बैंकमा पुगाएर लिलाम गरिएको भन्दै आफूहरुलाई फिर्ता हुनु पर्ने बताउँदै आएका छन् ।

‘यो जमिन हाम्रो हो, हामी यसमा २०२२ सालदेखि बस्दै आएका छौ, मेरा बुवालाई दृष्टि बन्धकपछि यो जमिन कसरी मालपोत कार्यालयमा पास भयो, कसरी गिरीलाई बेचियो, त्यो हामीलाई केही पनि थाह छैन, यो जमिन हाम्रो, त्यसैले बैंकले हामीलाई फिर्ता गर्नु पर्छ’ प्रकाशले भने ।

जग्गा फिर्ताका लागि पार्की परिवार वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र बैंक पुगेको छ । बैंकमा जग्गा लिलाम प्रक्रिया रोक्न निवेदन दिइएको थियो । बैंकका अधिकारीहरुले सुरुमा रकम जम्मा गरे जमिन फिर्ता दिने आश्वासन दिए पनि अन्तिममा मिलमेतो गरी उनीहरुलाई प्रक्रियामा सहभागी नगरी जग्गा लिलाम गरिएको थियो ।

‘यो जमिन हाम्रो हो, जे जसरी पनि भएर लिलाम गए पनि त्यो पैसा हामी तिर्छौ, बिड गर्र्छौ, फिर्ता गर्नुहोस भनेर अत्तरिया र काठमार्डांसम्म पुग्यौ’ उनले भने,‘सुरुमा हुन्छ भन्यो, त्यसपछि पैसा खोजेर बैंकमा गएर बिड गर्न खोज्दा आलटाल गरी अर्कै व्यक्तिसित मिलोमतो गरी लिलाम गरियो, यसमा बैंकको नियत ठिक देखिएन, नत्र हामी हाम्रो जमिन फिर्ता पाउँथ्यौ ।’

बैंकको अत्तरिया शाखा प्रबन्धक किसन पाल र केन्द्रीय कार्यालयमा रिकभरी अफिसर भुवन पाण्डेयका कारण जमिन फिर्ता पाउन नसकेको उनको भनाई छ ।

बैंकको केन्द्रीय कार्यालयका रिकभरी अफिसर पाण्डेयले सुरुमा जग्गा फिर्ताका आश्सान दिएर अन्तिममा आफूलाई रोकेर अर्कैलाई हाल्न लगाएको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...