ghar sansar

माओवादीमा कसको डिजाइनमा खगराजलाई गर्न खोजिदैँछ खलास

dirghayu ad

महेन्द्रनगर । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले स्थायी समितिको बैठकको निर्णय आफ्नो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइनअन्तर्गत भएको प्रतिक्रिया जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णयलाई स्थायी समितिले अनुमोदन गरेसँगै भट्टले आपत्ति जनाएका हुन् । भट्टलाई माघ १२ गते संसदीय दलका नेताबाट बहुमत सांसदहरुले हटाइएका थिए ।

western public academy

सभामुखसहित ११ सांसद रहेको माओवादी केन्द्र ससंदीय दलका ६ जना सांसदले दलको बैठक गरी भट्टलाई हटाउने निर्णय गरेका थिए। उक्त निर्णयलाई स्थायी समिति बैठकले सदर गरेपछि उनले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै चार बुँदे प्रश्नसमेत गरेका छन् ।

भट्टले स्थायी समितिको निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहन गर्छ या प्रोत्साहन ?, पार्टीलाई नै जीवन ठान्ने कार्यकर्ताहरुलाई उत्साहित या निराशा गर्छ ?, पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुन्छ ? पार्टीमा दण्डहीनता प्रश्रय हुँदैन र ? भन्ने प्रश्न गरेका छन् ।

यसअघि दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरुको उपस्थितिमा बसेको बैठकले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेताच यन गरेको थियो ।

भट्टलाई हटाउने बैठकमा बहुमत सांसदहरुमा रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमबिक्रम भाट, गीतादेवी माल र लक्ष्मी बिक रहेका थिए ।

Himal dental
सम्बन्धित
Loading...