फ्लोरिडाले मनायो २३ औं वार्षिकोत्सव, पूर्व प्रिन्सिपल भट्ट सहितलाई सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित फ्लोरिडा इन्टरनेशनल बोर्डिङ्ग स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयका प्रमुख कार्यकार्य अधिकारी अधिकृत उत्तर टमटाको अध्यक्षता र भीमदत्त नगरपालिकाका उप प्रमुख निमल लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख गजराम दमाई, पत्रकार चित्राङ्ग थापा, अमर सहिद आधारभूत विद्यालयका प्रधानाध्यापक हरिश प्रसाद जोशी लगायतका विशिष्ठ अतिथि थिए ।

विद्यालयका प्लस टु संयोजक हिक्मत दमाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रिन्सिपल जयराज ओझाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल निशा भट्ट र लेखापाल भास्कर केसीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पठनपाठन सहित विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्करा प्रदान गरिएको छ । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रमको सञ्चालन शिक्षक मन्जु पनेरु, अनिशा ऐडी र दिक्षा भट्टले गरेका थिए ।

सम्बन्धित
Loading...