ghar sansar

भीमदत्तका उप मेयरको अनुगमनमै भेटियो महाकाली नदीमा अवैध उत्खनन, निर्देशन दिएर फर्कियो उप मेयर नेतृत्वको टोली

janjyoti campus

महेन्द्रनगर । महाकाली नदीमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भई रहेको पाइएको छ । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सहितको टोलीले अनुगमनका क्रममा भीमदत्त नगरपालिका ११ स्थित भुजेला घाटमा सम्झौता विपरित मापदण्ड मिचेर ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन भई रहेको पाइएको हो ।

अनुगमनका क्रममा मापदण्ड मिचेर उत्खनन भई रहेको पाइएपछि नगर उप प्रमुख जोशीले त्यसलाई सुधार गर्न निर्देशन दिएकी छन् । उनले नगरपालिकाका कर्मचारीलाई मापदण्ड विपरितको उत्खनन रोक्न निर्देशन दिएकी हुन् ।

western public academy

उप मेयर सहितको अनुगनमा सहभागी पत्रकार डिल्लीराज पन्तका अनुसार भुजेला घाटमा मापदण्ड अनुसार उत्खनन गर्न उप मेयर जोशीले निर्देशन दिएकी छन् । उप मेयर सापले त्यहाँ फल्ट देखिएपछि तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिनु भयो’ उनले भने ।

अनुगमनका सहभागीका अनुसार उप मेयरको निर्देशनपछि कर्मचारीहरुले स्थानीयलाई रोक्न नसकिने जवाफ दिएका छन् । उनीहरुले आफूहरुले रोक्न प्रयास गर्दा हातपातको प्रयास समेत भएको बताएका छन् ।

उप मेयर जोशी भीमदत्तको राजश्व परामर्श समितिकी संयोजक पनि हुन् । भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बम, नगर प्रवक्ता पदम राज अवस्थी, सामाजिक बिकास समितिका संयोजक सुशील कुमार भट्ट, विपद् व्यवस्थापन समितिका संयोजक भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा, भीनपा १३ का अध्यक्ष राम बहादुर बोहरा, ईन्जिनियर दिपेन्द्र प्र्रसाद जोशी सहितलाई लगेर जोशीले महाकाली नदीमा उत्खननको अनुगमन गरेकी छन् ।

dirhayu

महाकाली नदीमा ठेक्का लागेपछि अवैध रुपमा अनुगमन भएको गुनासो कार्यालयमा आएका थिए । नगर उप प्रमुखको सचिवालयले गुनासोपछि अनुगमन गरिएको जनाएको छ ।

चौतर्फी आलोचनापछि तीन महिना अघि मात्रै भीमदत्तले महाकाली नदीमा रोयल्टी ठेक्का लगाएको थियो । गत वर्ष नगरपालिकाले अमानतमा रोयल्टी संकलन गरेको थियो ।

यस वर्ष पनि अमानतमा राजश्व संकलनका लागि तयारी अघि बढाए पनि असोज सुरु भएपछि ठेक्का लगाउन नसकिएको भन्दै मेयर बोगटीको चौतर्फी आलोचना भएको थियो । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य अमानत विरुद्ध उभिएका थिए ।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा नदीजन्य पदार्थको संकलन र बिक्री वितरणको ठेक्का लिएको छ । भीमदत्तले महाकाली नदीका विभिन्न घाटमा आइइई गरी ठेक्का दिएको हो ।

यस पटक भीमदत्त र दोधारा चाँदनीले संयुक्त रुपमा ठेक्का लगाएका हुन् । बुधबार अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका प्रतिनिधि सहभागी भएका छैनन् । गत वर्ष यी दुबै नगरपालिकाले आ–आफ्नै क्षेत्रमा राजश्व संकलन गरेका थिए । भीमदत्तले वातावरणी प्रभाव मूल्याङ्कन नगरी अवैध रुपमा राजश्व संकलन गरेको थियो ।

भीमदत्तले गत वर्ष एक करोड १८ लाख मात्रै महाकाली नदीबाट राजश्व उठाएको थियो । इआए वा आइइई नगरी राजश्व संकलन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

Himal dental
सम्बन्धित
Loading...