ghar sansar

खुला मञ्चमा रमेश लेखक : गत वर्ष प्रचण्ड पाउने आश, यस पटक गुमाउँदा त्रास

Amity

महेन्द्रनगर । गत वर्ष खुला मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन गर्दा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी खादा र माला मञ्चमा फालेर बाहिरिएका थिए ।

कारण थियो, आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघले प्रधानमन्त्रीपछि मन्त्री भण्डारीलाई नभएर काँग्रेस साँसद रमेश लेखकलाई आशन ग्रहण र भाषणमा प्राथमिकता दिएको थियो । मन्त्री भण्डारीसंगै मञ्च पुगेका अर्का मन्त्री पदम गिरीलाई आशन ग्रहण गराइयो । उनलाई मन्तव्यसम्म राख्न दिएन ।

lotus institite

बाणिज्य संघको १४ औं महोत्सव उद्घाटनसम्म मन्त्री भण्डारी र गिरीको पद जाने संकेत देखि सकेको थियो । प्रधानमन्त्री प्रचण्ड एमाले छाडेर काँग्रेस सहितको गठबन्धनमा आउने निश्चित भएपछि साँसद लेखकले आफ्नो भाषणमा प्रचण्डको पटक पटक प्रशंसा गरेका थिए ।

खुला मञ्चमा एक वर्ष अघि १४ औं महोत्सव उद्घाटनका सबै दृष्य फेर्रिएका छन् । आयोजकले प्रधानन्त्री दाहाल आउने आश राखे पनि उनी आउन नसक्ने भएपछि साँसद रमेश लेखक प्रमुख अतिथि भएका छन् । उनलाई १५ गालामा १५ किलोको हजारी फूलको माला लगाइएको छ ।

प्रमुख अतिथि भएर गालामा १५ किलोको माला लगाउँदा पनि साँसद लेखकको अनुहारमा गत वर्षजस्तो चमक थिएन । काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक सोमबार एकाएक फेरिएको सत्ता गठबन्धनका कारण निराश देखिन्थे । उनले कार्यक्रममा फेरिएको राजनीतिक समीकरणबारे केही बोलेन्न् । उनले कञ्चनपुरको विकासका विषयलाई मध्यनजर गरी मन्तव्य राखे ।

गत वर्ष प्रधानमन्त्री दाहालको क्याबिनेटमा भएका मन्त्रीद्वय भण्डारी र गिरी लेखकजस्तै हालतमा थिए । प्रधानमन्त्री दाहालको क्याबिनेटमा भएका उनीहरुमा मन्त्री खोसिने भय देखिन्थ्यो । गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । यस पटक बाणिज्य संघको मेला उद्घाटनका दिन मञ्चमा भाषणा गर्न नपाएका एमाले साँसद गिरीले विना विभागीय मन्त्रीको शपद खाएका छन् ।

लेखकले सत्ता गठबन्धन गुमाएर बाणिज्य संघको महोत्सव उद्घाटन गर्दा गिरीले शितल निवासमा मन्त्रीको शपथ लिएका हुन् । गिरी एमालेका प्रमुख सचेतक छन् । तत्कालिन अर्का मन्त्री भण्डारीले गिरी सहितलाई फेसबुकमा बधाई दिएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघले कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको कार्यक्रममा साँसद लेखक सहित सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी, सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा(पातल), नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल लगायतले शुभ कामना मन्तव्य दिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । मेलामा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार लगायतका विभिन्न वस्तु र सेवाका तीन सय बढी स्टल राखिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...