ghar sansar

एमाले कञ्चनपुरको नवौं अधिवेशन : नेताका छोरा छोरी, श्रीमति, बुहारी र पीए समेत प्रतिनिधि

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनका लागि धेरै जना नेताहरुका घर परिवारका सदस्य र आफन्त प्रतिनिधि भएका छन् । चैत १ र २ गते हुने अधिवेशनका लागि शनिबारदेखि प्रतिनिधि छनौट सुरु भएको हो । प्रतिनिधि छनौट बुधबार सकिने लागेको हो ।

शनिबार भूगोलबाट अधिकाँश वडामा सर्वसम्मत आएका प्रतिनिधिमा धेरै जना जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेताका आफन्त छन् । उनीहरुमा नेताहरुका घर परिवारका सदस्य समेत प्रतिनिधि भएका छन् । उनीहरुमा छोरा छोरी, बुहारी, श्रीमति लगायतका छन् । यस बाहेक नेताहरुले आफ्ना स्वकियहरुलाई पनि प्रतिनिधिमा ल्याएका छन् ।

,orning glory badhai

नवौ अधिवेशनमा ४ सय ८७ प्रतिनिधि सहभागी हुन पाउने भएका छन् । त्यसमध्ये १० प्रतिशत मनोनित प्रतिनिधि हुने छन् । एमाले जिल्ला कमिटीले १० प्रतिशत प्रतिनिधि चयन गर्ने छ ।

घर परिवारका सदस्य र आफन्त प्रतिनिधि बनाउनेमा एमालेका पोलिटब्युरो सदस्यदेखि स्थानीय तहका मेयरसम्मका नेताहरु छन् । एमालेका पूर्व जनप्रतिनिधिले पनि आफन्तलाई प्रतिनिधि बनाएका छन् ।

नेताहरुले चुनावमा आफूलाई बलियो बनाउन आफन्तलाई प्रतिनिधि ल्याएको नेताहरु बताउँछन् । यस अघि आठौ अधिवेशनमा पनि नेताहरुका घर परिवार र आफन्त प्रतिनिधि भएर आएका थिए । यस पटक अघिल्लो भन्दा बढी प्रतिनिधि आएको नेताहरु बताउँछन् ।

आठांै अधिवेशनमा एमालेका दुई गुट चुनाव लडेका थिए । यस पटक दुई गुटभित्र उप गुट देखिएपछि प्रतिनिधि चयनमा नेताहरुले सर्वसम्मत गरी आफन्तलाई ल्याएका हुन् ।

बेलौरी नगरपालिका ३ बाहेक अन्य अधिकाँश वडाबाट सर्वसम्मत प्रतिनिधि आएका छन् । बेलौरी ३ मा चुनाव गरी प्रतिनिधि चयन गरिएको थियो । यो वडा एमाले केन्द्रीय सदस्य कमला बोहरा र जिल्ला सचिव पल्लवराज भट्टको हो । उनीहरुबीच आठौं अधिवेशनपछि तिक्ततापूर्ण सम्बन्ध छ ।

नवौ अधिवेशनमा एमाले कञ्चनपुरका दुई गुट विभाजित भएर नयाँ गुट बन्ने सम्भावना देखिएको नेताहरु बताउँछन् । आठांंै अधिवेशनका दुई गुट विभाजन हुने देखिएपछि केन्द्रीय नेताहरु पर्ख र हेरको अवस्थामा छन् । कञ्चनपुर एमाले पोलिटब्युरो सदस्यद्वय राजेन्द्र सिह रावल र निरुदेबी पालका दुई गुट छन् । आठौ अधिवेशनमा यी दुई गुटबीच प्रतिस्पर्धा भएको थियो ।

dirghayi clinic

एमालेका यी दुई गुटका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको साथ पाएका छन् । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट महासचिव पोखरेल समूहका लेखराज भट्ट र दामोदर भण्डारीले बनाएको छुट्टाछुट्टै गुट पछिल्लो समय जिल्ला स्तरसम्म पुगेका छन् । अर्का पोलिटब्युरो सदस्य कर्ण थापालाई पौडेलको साथ छ । अहिले भण्डारीको गुटमा पोलिटब्युरो सदस्य रावल लगायतका नेताहरु छन् ।

कञ्चनपुर एमालेका नेतृत्वका लागि थापा, भट्ट र भण्डारी समूहका नेताहरु नेतृत्वका आकाँक्षी छन् । थापा समूहका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा र जिल्ला सचिव पल्लवराज भट्ट नेतृत्वका लागि आकाँक्षी छन् । कार्य वाहक अध्यक्ष बुढालाई सर्वसम्मत बनाउन एमाले अध्यक्ष ओलीबाट संकेत दिई सकेको पनि नेताहरु बताउँछन् । अध्यक्ष ओली आफै अधिवेशन उद्घाटनका लागि आउन लागेका छन् ।

थापा समूहका सचिव भट्ट कुनै पनि हालतमा पछि नहटने गरी अघि बढेका छन् । जिल्ला अध्यक्षमा यी दुईको दाबीका कारण पोलिटब्युरो सदस्य पाल चुप बसेकी छन् । नेताहरुका अनुसार उनले अहिलेसम्म बुढा र भट्ट कसैलाई पनि समर्थन गरेकी छैनन ।

अर्का पोलिटब्युरो रावल समूहबाट पनि हिरा चन्द र अशोक कुमार चन्द नेतृत्वका आकाँक्षी छन् । आठांैं अधिवेशनमा अशोक चन्द सचिवमा पराजित भएका थिए । रावल समूहमा पनि दुई मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने यकिन भएको छैन ।

एमालेले भने नवौ अधिवेशनलाई एकताको अधिवेशन बनाउन सर्वसम्मतका आधारमा जिल्ला कमिटी चयन गर्ने पहल अन्तिमसम्म गरिने बताए । एमालेका युवा नेता अक्कल बहादुर विष्टले पार्टीलाई एक ढिक्का बनाउन र नेता कार्यकर्ताबीचका आपशी तिक्तता हटाउन सर्वसम्मत सर्वसम्मत अधिवेशन बनाउन नेता कार्यकर्ता सबैको दबाव भएको बताए ।

‘पार्टीलाई बलियो बनाउन सवै नेता कार्यकर्तालाई व्यवस्थापन हुने गरी मिलाएर सर्वसम्मत रुपमा जिल्ला अधिवेशन बनाउन नेताहरुलाई दबाव दिन्छौ’ उनले भने,‘यसलाई सबै गुट उप गुटका नेताहरु बसेर टुङ्गो लगाउनु पर्छ, त्यसमा हामी कार्यकर्ताका पूरा साथ हुन्छ ।’

कञ्चनपुरमा एमालेका केन्द्रीय कमिटी ६ नेता छन् । उनीहरुमध्ये दुई जना पोलिटब्युरो छन् । कैलालीका एमाले नेता पोलिटब्युरो सदस्य नारदमुनि राना एमालेको कञ्चनपुर इन्चार्ज छन् । उनी पनि सर्वसम्मत नेतृत्व चयनका पक्षमा छन् ।

एमाले पार्टी कार्यालयमा केही दिन गरिएको पत्रकार सम्मेलनमा उनले जिल्ला अधिवेशन सर्वसम्मत हुने बताएका थिए । उनले अधिवेशनमा चुनाव हुने सम्भावना १० प्रतिशत पनि नहुने बताएका थिए ।

यस अघि आठौं अधिवेशनमा पनि अन्तिमसम्म सहमतिको प्रयास गरिएको थियो । सहमति हुन नसकेपछि अन्तिममा चुनाव भएको थियो । दुई गुटमा सहमति नभएपछि चुनाव भएको थियो । चुनावमा पोलिटब्युरो सदस्य रावल समूहले लज्जास्पद हार व्यहारेको थियो ।

Himal dental
सम्बन्धित
Loading...