ghar sansar

सुप विश्वविद्यालयमा प्रधानमन्त्री दाहालको पार्टी निकटका प्राध्यापकलाई निमित्त उपकुलपतिको जिम्मा

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा कानून संकायका डिन कर्ण बहादुर थापा निमित्त नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थापालाई निमित्तको जिम्मेवारी दिएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी कार्यकाल सकिएपछि नयाँ उपकूलपति नियुक्त हुन नसकेर थापालाई निमित्तको जिम्मेवारी दिइएको हो ।

ratnam
dirghayi clinic

उनलाई फागुन २१ गते सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त दिने निर्णय गरिएको थियो । थापा नेकपा माओवादी केन्द्र निकट प्राध्यापक मानिन्छन् ।

थापालाई विश्वविद्यालयको दैनिक कार्यसञ्चालनको लागि बढीमा ३ महिनाको विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २४ को उपदफा ९ बमोजिम उपकुलपति नियुक्त नहुँदा सम्मका जिम्मेवारी दिएको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...