
प्रधानमन्त्रीलाई रमेश लेखकको चेतावनी, संसदमा भने– धोका दिएकाहरु एक ठाउँमा आए कहाँ पुग्छु भन्ने हेक्का राख्नु होस


महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका पाएकाहरू एक ठाउँमा उभिए आफू कहाँ पुग्छु भन्ने हेक्का राख्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहाल कांग्रेसको आन्तरिक राजनीतिमा प्रवेश गरेर त्यही कारण देखाएर गठबन्धन तोडेकोमा कटाक्ष गरेका थिए ।

‘एमालेले एउटा दस्ताबेजमा लेखेको रहेछ– गएका छ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ। यसलाई कसरी लिनु हुन्छ ? पार्टीहरूले लेख्दा रहेछन् नि दस्ताबेजमा,’ लेखकले भने, ‘म त के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटि सोच्नु– यी जम्मै धोका पाएका एक दिन, एक ठाउँ उभिए भने तपाईं कहाँ पुग्नुहोला? हेक्का राख्नुहोला ।’
