ghar sansar

बाणिज्य संघको मेलामा ओलम्पियन भट्टको अपमान

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा जारी सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ओलम्पियन डम्बरदत्त भट्टको अपमान गरिएको गुनासा सुनिएका छन् । महोत्सवको उद्घाटन समारोहमा विभिन्न खेलका प्रशिक्षकलाई सम्मानित गरिए पनि ओलम्पियन भट्टको नाम समेत नलिई अपमान गरिएको गुनासा आएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले फागुन २१ गते खुला मञ्चमा महोत्सव उद्घाटन गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महोत्सव उद्घाटन गरेका थिए ।

,orning glory badhai

महोत्सव उद्घाटन समारोहमा संघले भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट, कराँते प्रशिक्षक राजेन्द्र चन्द र कबड्डीका प्रशिक्षक विष्णु भट्टलाई सम्मान गरेको थियो । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि साँसद लेखकले सम्मनान गरेका थिए ।

सम्मानित तीनै जना भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । कार्यक्रममा भीमदत्त नगरपालिका ओलम्पियन भट्टलाई सम्मान नगरी मञ्चमा आशन ग्रहण समेत गरिएन् ।

उद्घाटन समारोहमा सहभागीहरुका अनुसार ओलम्पियन भट्टको आशन ग्रहण र सम्मान नभएपछि केही अतिथिले भट्टलाई अपमान गरिएको गुनासो गरेका थिए । कञ्चनपुर होटल व्यवसायी संंघका अध्यक्ष जगदीश चन्द्र भट्टले ओलम्पियन भट्टलाई सम्मान नगरिएको गुनासो गरेको सहभागीहरुले बताए ।

dirghayi clinic

ओलम्पियन भट्टले यस अघि गत माघमा खुला मञ्चमा एन प्याब्सन फेस्टिबल उद्घाटन कार्यक्रममा ओलम्पिक मसाल प्रर्दशन गरेका थिए । एक महिनापछि उनलाई त्यही खुला मञ्चमा आशन ग्रहण समेत गराइएको छैन ।

ओलम्पियन भट्टले भने खेलकूद क्षेत्रमा ओलम्पिक बिर्सन दुःखद भएको बताए । ‘हो, त्यहाँ अरु साथीहरुलाई सम्मान गरिएको रहेछ, मलाई त केही थाह भएन, तर खेल क्षेत्रमा ओलम्पिकलाई सम्झिनु पर्छ ।’

कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधिकारीले महोत्सव उद्घाटन समारोहमा सम्मानित हुने व्यक्तिको नाम छनौट गरेको थियो । ओलम्पियन भट्टलाई सम्मान नगरिएको सम्बन्धि जानकारी लिन संघका महासचिव खगेश्वर बोहरालाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

ओलम्पियन भट्ट सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी भएका थिए । उनीसंगै बोक्सर विष्णुबहादुर सिंह पनि सहभागी भएका हुन् ।

भट्ट कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका बक्सिङ्ग प्रशिक्षक हुन् । उनी खेलाडीलाई ओलम्पिक प्रतियोगितामा पुग्ने रहर हुने गरेको बताउँदै भन्छन्, अहिले सहभागिता मात्रै होला जस्तो छ,’ उनले भने, ’योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।

सुदुरपश्चिमबाट भट्ट, सिह सहित दिपक विष्ट र गौरीका सिहले ओलम्पिकसम्म खेल्ने अवसर पाएका छन् । उनीहरुमध्ये सिह र भट्ट दुबैले कञ्चनपुरबाट खेलेका छन् । बाणिज्य संघको मेला गत वर्ष उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्नो अपमान भएको भन्दै खादा र माला फालेर निस्किएका थिए ।

Himal dental
सम्बन्धित
Loading...