ghar sansar

अवैध लिज खारेजीको माग गर्दै नगर विकास र ओपेरामा टाँगिएका काला व्यानर हटाईएपछि वैद्यको क्रान्तिकारी युवा संगठन आक्रोशित

khasi

महेन्द्रनगर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले भीमदत्त नगर विकास समिति र होटेल ओपेरामा अवैध लिज खारेजीको माग गर्र्दै टाँगेका काला ब्यानर हटाएपछि आक्रोश पोखेको छ ।

dirghayi clinic

क्रान्तिकारी संगठनले होटेल ओपेरा सहित नगर विकासको समितिमा जग्गामा अवैध रुपमा लिज लिइ बनेका सबै संरचना १५ दिनभित्र भत्काउने अल्टिमेट सहित नगर विकास समितिको कार्यालय र ओपेरामा कालो ब्यानर लगाएको थियो ।

ती दुई स्थानमा ब्यानर लगाएको अर्को दिन हटाइएको छ । क्रान्तिकारी संगठनले ब्यानर कसले हटाएको भन्ने सार्वजनिक नगरे पनि विज्ञप्ति सार्वजनिक गरी भूमाफिया गिरोहको मिलेमतोमा ब्यानर हटाएकोमा आपत्ति जनाएको छ । होटेल ओपेरामा सञ्चालक बोहरालाई नगर विकास समितिको जग्गामा बनेको पार्किङ्ग र स्विमिङ्ग पुल दिन १५ खाली गर्न आग्रह गर्दै ब्यानर लगाईएको थियो ।

‘भीमदत्त नगर विकास समितिको जमिनमाथि भएका अवैध संरचना होटेल ओपेरा को (स्विमिङ पुल र पार्किङ) लगायत नगर विकास समितिको जमिनमा भएका सम्पुर्ण अबैध संरचना हटाउन १५ दिने अल्टिमेटम सहित टाँसेको व्यानर सत्ताको आडमा हटाएको बिषय प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनले अघिसारेको भूमाफियाहरुका विरुद्धको आन्दोलनलाई जसरी भीमदत्त नगर विकास समितिले भूमाफियाहरुका पक्षमा वकालत गर्ने गरी लगाएको ब्यानर हटाएको छ । यो सरासर गलत भएको ठहरिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ होटल ओपेरा को (स्विमिङ पुल र पार्किङ) लगायतका सम्पुर्ण अबैध संरचना दिन पन्ध्र(१५) भित्र हटाउन अनुरोध गर्न चाहन्छौँ । र यस्ता हर्कत पुन नदोहो¥यान चेतावनी दिन चाहन्छौँ ।

Himal dental
सम्बन्धित
Loading...