ghar sansar

भीमदत्त १३ मा थालियो वडा सचिव धामी पत्निको उपचारका लागि सहयोग संकलन अभियान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा(झकास) ले वडा सचिव हर्क बहादुर धामीकी धर्मपत्नि मन्जु साउँद धामीको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेका छन् ।

ब्लड क्यान्सर देखिएपछि वडा सचिव पत्नि धामी उपचारका लागि काठमाडांैको सिभिल हस्पिटलमा भर्ना भएकी छन् । उपचार खर्चका लागि समस्या भएपछि वडा अध्यक्ष बोहराले वडाका अगुवाहरुलाई भेला गरी सहयोग संकलन अभियान सुरु गरेका छन् ।

वडा अध्यक्ष बोहराले वडा सचिव धामीलाई परेको समस्या समाधानका लागि छलफल गरी सहयोग संकलन अभियान सुरु गरिएको बताए । उनले सहयोगका लागि सरकारी तथा गैर सरकारी संघ संस्था, व्यक्ति सबैलाई आग्रह गरिएको जानकारी दिएका छन् ।

वडा सचिव धामी स्थानीय हुन् । वडा अध्यक्षले बोहराले वडाका अगुवा कालु सिह साउदको अध्यक्षतामा बैठक बसेर सहयोग संकलनका लागि छलपलल गरेका हुन् ।

बैठकबाट स्थानीय शंकर रावलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरी सहयोग अभियान सुरु गरिएको हो । समितिले अभियान सञ्चालन गरी सहयोग संकलन गर्ने वडा अध्यक्ष बोहराले बताए ।

Himal dental
सम्बन्धित
Loading...