ghar sansar

कृष्णपुरका मेयर ओझा नगरपालिका संघको विधायन व्यवस्थापन विभाग संयोजक मनोनित

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रिय विधायन व्यवस्थापन विभागको संयोजक मनोनित भएका छन् ।

संघले सोमबार मेयर ओझालाई विभागमा मनोनित गरेको हो । ओझा २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् ।

काँग्रेस कञ्चनपुरका सचिव ओझा प्रष्ट वक्ता र नेतृत्व हाँक्ने नेताका रुपमा पार्टीभित्र परिचित छन् ।

मेयर ओझासंगै नगरपालिका संघले बझाङ्गको बुंगल नगरपालिकाका मेयर जय बहादुर धामीलाई सामाजिक सेवा व्यवस्थापन विभागको सह संयोजक मनोनित गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...