Sarsoti

एमाले बैतडीको नेतृत्व सहमति नजिक, अन्य पदाधिकारीमा खोजिँदै सहमति

lotus institute

महेन्द्रनगर । एमाले बैतडीको अध्यक्षमा नरेश विकमा सहमति नजिक पुगेको छ । पाटनमा जारी नवौ जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्षका आँकाक्षी सहितको छलफलबाट विकलाई अध्यक्ष बनाउन सहमति नजिक पुगेको हो ।

अध्यक्षमा सहमति जुटेपछि एमाले नेताहरु अन्य पदाधिकारीमा सहमति जुटाउने प्रयासमा लागेका छन् । अध्यक्षका लागि विक सहित नरेन्द्र बिष्ट, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, हर्क धानुक र हजारी साउँद आकाँक्षी छन् ।

morning glory

नेताहरुका अनुसार आकाँक्षीमध्ये विक र विष्टमा सहमति जुटाउन अन्तिमसम्म प्रयास गरिएको हो । एमाले राजनीतिमा लामो समयदेखि सक्रिय विक पाटनका स्थानीय हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पाटन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

Mahendranagar

अध्यक्ष सहित सबै पदाधिकारीमा सहमति जुटाउन नेताहरु सोमबार रातिदेखि छलफलमा छन् । पाटन एमाले केन्द्रीय सदस्य उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको गृह नगर हो । उनी अधिवेशन अधिवेशन अघि पाटन आएका छन् ।

यस अघि आठौ अधिवेशन पनि पाटनमा सर्वसम्मत जिल्ला कमिटी चयन गरी सम्पन्न भएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशन उद्घाटन गरेका हुन् ।

उद्घाटन समरोहमा पोखरेले एमालेलाई समाप्त पार्न बनेको गठबन्धन भत्किएको उल्लेख गर्दै मिसन ८४ को प्रारम्भिक बिन्दु शुरु भएको बताएका छन् ।

अधिवेशनमा जिल्लाभरीका ६ सय ३१ प्रतिनिधि सहभागी छन् । सोमबार राति राति ८ बजेपछि बन्द सत्र सुरु भएको थियो ।

saark school
सम्बन्धित
Loading...