ghar sansar

बैतडीमा एमालेले सधैं चुनाव हारि रहने तीन पालिकाका नेतालाई नवौ अधिवेशन फलिफाप

महेन्द्रनगर । एमाले बैतडीको अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत भएका छन् । बैतडीको पाटनमा जारी नवौ अधिवेशनमा अध्यक्षमा नरेश विक सहित पदाधिकारी सर्वसम्मत भएका छन् ।

अध्यक्षका आकाँँक्षीलाई पदाधिकारीमा व्यवस्थापन गरी सहमति खोजिएको छ । उपाध्यक्षमा उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत भएका हुन् । उनीहरुमध्ये भण्डारी र साउँद अध्यक्षका आकाँक्षी छन् । अध्यक्षका अर्का आकाँक्षी गोबिन्द गिरी भने पछि हटेका छन् ।

पदाधिकारी भएका अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिवका पालिका लगातार स्थानीय तह चुनाव हार्र्दै आएका छन् । पदाधिकारीमध्ये दुई जनाले स्थानीय तह निर्वाचन लडेका छन् ।

सर्वसम्मत अध्यक्ष बनाएका विकको पाटन नगरपालिकामा एमाले स्थानीय तह निर्वाचन हारेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा विक आफैं मेयरका उम्मेदवार थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पनि पाटनमा एमालेमा चुनाव हारेको थियो ।

दुई पटक स्थानीय तह निर्वाचन हारेको पाटनबाट एमाले जिल्ला कमिटीका अध्यक्ष विक र उपाध्यक्ष लोकेन्द्र भण्डारी सर्वसम्मत भएका छन् । भण्डारी यस अघि एमाले जिल्ला कमिटीका उप सचिव थिए ।

एमालेले लगातार दुई स्थानीय तह निर्वाचन हारेको शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका नेता पनि जिल्ला पदाधिकारी सर्वसम्मत भएका छन् । शिवनाथ गाउँपालिकाका हरि सिह साउँद सचिव भएका छन् । उनी २०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए । त्यस अघि २०७४ को निर्वाचनमा पनि शिवनाथमा एमाले पराजित भएको थियो ।

मेलौली नगरपालिकाकी पार्वती भट्ट उप सचिव भएकी छन् । भट्ट बैतडी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष छन् । मेलौलीमा एमाले दुई निर्वाचन लगातार हारेको छ ।

पाटन एमाले केन्द्रीय सदस्य उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी भण्डारीको गृह नगर हो । अहिले एमाले बैतडीको इन्चार्ज पोलिटब्युरो सदस्य निरुदेबी पाल छन् । पालको माइती पाटन हो । पाल कञ्चनपुरको भीमदत्त नगरपालिका १७ की वासिन्दा हुन् ।

नवौ अधिवेशन सर्वसम्मत बनाउन केन्द्रीय सदस्य भण्डारी सहित इन्चार्ज पाल लगायतका नेताहरुले छलफल गरी पदाधिकारी सर्वसम्मत भएका हुन् । अध्यक्षमा ६ जनाको आकाँक्षा थियो । सोमबार रातिबाट छलफल गरिए पनि अध्यक्षका आकाँक्षी गोबिन्द गिरीले अन्तिमसम्म अडान लिएका छन् ।

एमाले केन्द्रीय कमिटीबाट अखिलको अध्यक्ष बनाउने आश्वासन आएपछि गिरीले आकाँक्षा छाडेपछि पदाधिकारी सर्वसम्मत भएका हुन् । अधिवेशनमा ६ सय बढी प्रतिनिधि सहभागी छन् ।

बैतडीको पाटनमा आइतबार नवौ अधिवेशन सुरु भएको हो । जिल्ला कमिटी सदस्यमा पनि छलफल गरी सर्वसम्मति गराउने प्रयास नेताहरुले गरि रहेका छन् ।

आठौं अधिवेशनमा मन्त्री भण्डारीमाथि अधिवेशनमा एकलौटी गरेको आरोप लागेको थियो । आठौंमा गोरख चन्दको नेतृत्वमा प्यानल घोषणा भएपछि त्यसलाई रोकेर सर्वसम्मत घोषणा गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...