ghar sansar

भीमदत्तका कार्य पालिकाका सदस्यको तस्बिर सहित टाँसिए नगर विकास समितिको प्रवेशद्वारमा पर्चा

महेन्द्रनगर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले सुदूरपश्चिम दलित छात्राबासका अध्यक्ष हरिहर परियारको तस्बिर सहितका पर्चा भीमदत्त नगर विकास समितिमा टाँस गरेको छ । संगठनले बिहीबार अध्यक्ष परियारको तस्बिर सहित नगर विकास समितिको प्रवेशद्वारमा पर्चा टाँस गरेको हो ।

प्रवेशद्वारमा टाँस गरिएका पर्चामा नगर विकास समितिको जग्गामा अवैध छात्राबास बनाउने यी हुन् भीमदत्तका कार्यपालिका सदस्य हरिहर परियार र राष्ट्रिय सम्पत्तिको रक्षा गरौ उल्लेख गरिएको छ ।

mahostaw

भीमदत्त नगर विकास समितिका अध्यक्ष पदम बोगटीलाई भूमाफियाको संरक्षण कहिलेसम्म भन्ने प्रश्न सोधिएको पर्चा पनि टाँस गरिएको छ ।

भीमदत्त नगर विकास समिति स्वामित्वको जग्गामा १० वर्षदेखि बनाउन थालिएको छात्राबासमा बुधबार छत ढलान गरिएको थियो । तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गामा अवैध निर्माणाधिन भवनमा सरकारी बजेट खर्च भएको छ । पछिल्लो पटक संघ सरकारले छात्राबासका लागि २० लाख रुपैँया दिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...