भ्रष्टहरुलाई कारवाही गर्ने मामिलामा सबै मिल्न जरुरी छ– ओली

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामिलामा सबैले मिलेर काम गर्न जरुरी भएको बताएका छन् ।

एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन बिहीबार उद्घाटन गर्दै उनले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । बहुदलीय व्यवस्थामा छौँ । दलहरू फरक–फरक होलान् । विचार फरक–फरक होलान् । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ”, अध्यक्ष ओलीले भने ।

अधिवेशन उद्घाटन अघि उनले दोधारा चाँदनी नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन र सुख्खा बन्दरगाह निर्माण स्थल निरीक्षण गरेका थिए ।

सम्बन्धित
Loading...