ghar sansar

कञ्चनपुर एमालेको नवौ अधिवेशन सर्वसम्मत बनाउन ६ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीको निर्देशन

khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर एमालेको नवौ अधिवेशन सर्वसम्मत बनाउन कञ्चनपुरका ६ केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।

संविधान चोकमा बिहीबार एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले ६ जनाले बाहिरकालाई सहभागी नगराई सर्वसम्मत बनाउनु पर्ने बताएका हुन् ।

Anant bahu travels
dirghayi clinic

‘यही हुनु पर्छ, मेरै भनेको हुनु पर्छ, मैले भनेकै हुनु पर्छ । मै नै हुनु पर्छ भन्ने हुँदैन, जनतालाई गर्न सक्ने हुनु पर्छ’ उनले भने,‘यहाँका ६ केन्द्रीय सदस्य छन्, वहाँहरु बसेर सर्वसम्मत बनाउनु पर्छ, त्यो बाहेक इन्चार्ज पनि छन् , बाहिरबाट बोलाएर हुँदैन ।’

उद्घाटन समारोहमा अध्यक्ष ओलीले पटक पटक सर्वसम्मत नेतृत्वमा जोड दिएका छन् । उनले सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धा गरी अधिवेशन सम्पन्न हुनु पर्ने बताए ।

‘सकेसम्म सर्वसम्मत बनाऔ, प्रयास गरौ, हुन सकेन भने स्वस्थ प्रतिस्पर्धामा जाऔ’ उनले भने,‘एक अर्काको विरुद्ध जाने, छिर्की हान्ने, पिट्ने लगायतका कार्य गर्न हुँदैन ।’

उद्घाटन समारोहमा उनले कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाको नाम लिँदै महिलाले पार्टी चलाउन सक्दैनन् भन्ने भ्रम तोडिएको उल्लेख गरे । ‘महिलाले चलाउन सक्दैनन् भन्ने छ, यहाँ त चलाएको छ, महिलाले नै पार्टी चलाएको छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...