ghar sansar

एमाले कञ्चनपुरको नवौ अधिवेशनको बन्द सत्र सुरु

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले अध्यक्ष मण्डल घोषणा गरेकी छन् ।

बन्द सत्रमा अहिले विभिन्न प्रतिवेदनहरु प्रस्तुत भई रहेका छन् । ती प्रतिवेदन प्रस्तुत सकिएपछि छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबार संविधान चोकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका छन् । बिहीबार साँझ बन्द सत्र सुरु गर्ने भनिए पनि अन्तिमा स्थिगत गरी विहानदेखि सुरु भएको हो ।

अधिवेशनमा जिल्लाभरका ४ सय ४६ प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन गरिनेछ ।

बन्द सत्रमा प्रतिवेदनमाथि छलफल गरी पारित भएपछि अध्यक्ष निर्वाचन कार्यक्रम सुरु गरिने छ ।

एमाले अध्यक्ष ओलीले बिहीबार उद्घाटन कार्यक्रममा अधिवेशनलाई सर्वसम्मत बनाउन निर्देशन दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...