ghar sansar

कञ्चनपुरमा एमालेका जन वर्गिय संगठनहरुलाई चन्दा संकलनका लागि पार्टी स्वीकृति चाहिने

little buddha academy
khasi

महेन्द्रनगर । एमालेका जन वर्गिय संगठनहरुले पार्टीको पूर्व स्वीकृति नलिई आफ्ना कार्यक्रमका लागि सहयोग संकलन गर्न नपाउने भएका छन् ।

dirghayi clinic

एमाले कञ्चनपुरका नवौ अधिवेशनबाट जन वर्गिय संगठनहरुले आफ्ना कार्यक्रमका लागि पार्टीबाट स्वीकृति लिएर आर्थिक रसिद प्रमाणीकरण गरी बैंक तथा सहकारी खाताबाट अनिवार्य रुपमा कारोबरा गर्ने योजना पारित भएको छ ।

,orning glory badhai

एमालेका वित्त तथा आर्थिक विभाग प्रमुख लक्ष्मी बुढाले सत्रमा पेश गरेको आर्थिक प्रतिवेदनको आगामी योजनामा जन वर्गिय संगठनको सहयोग संकलन लगायतका पाँच बुुँदा आगामी योजनामा समावेश गरिएका छन् । बन्द सत्रबाट बुढाको आर्थिक प्रतिवेदन पारित भएको छ ।

आर्थिक प्रतिवेदनमा जन वर्गिय संगठनहरुले गर्ने कार्यक्रमका लागि आर्थिक सहयोग अभियानलाई पारदर्शी र व्यवस्थित बनाउन पार्टीको पूूर्व स्वीकृति लिनु पर्ने उल्लेख गरिएको छ । कञ्चनपुरमा एमालेका १९ जन वर्गिय संगठन छन् ।

Himal dental
सम्बन्धित
Loading...