ghar sansar

एमाले कञ्चनपुरले भन्यो – गुण्डागर्दी र पैसाको बलमा काँग्रेस राजनीति, काँग्रेस एमालेको बुई चढेर माओवादी केन्द्र अस्तित्वमा

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट सत्ता साझेदार माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी काँग्रेस सहितका दलहरुको राजनीतिक अवस्था समावेश गरिएको राजनीतिक प्रतिवेदन पारित गरिएको छ ।

उद्योग बाणिज्य संघमा शुक्रबार दिउँसोदेखि सुरु बन्द सत्रमा कार्य वाहक अध्यक्ष बुढाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । बन्द सत्रमा छलफलपछि प्रतिवेदन पारित भएको हो ।

,orning glory badhai

प्रतिवेदनमा एमालेले राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले शक्ति विस्तार गरेको उल्लेख गरिएको छ । एमालेलाई सबै दलको अगुवाई गर्ने दलको पहिचान बनाएको उल्लेख गर्दै प्रतिवेदनमा एमालेको पार्टी सदस्य संख्या ५ हजार ७ सय ५४ भएको समावेश गरिएको छ ।

एमालेले समृद्ध कञ्चनपुर बनाउने खाका तयारी, त्यसको कार्यान्वयनमा सबै दलसित समन्वयकारी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । जनजीविकाका सवालमा सबै दलहरुसंग सहकार्य र अगुवाई गर्ने कार्य एमालेले मात्र गर्न सक्ने उल्लेख छ ।

प्रतिवेदनमा काँग्रेसलाई एमालेको प्रतिस्पर्धी राजनीतिक शक्तिको रुपमा लिँदै यथास्थितिवादी र दक्षिणपन्थी चिन्तन भएको दलका रुपमा उल्लेख गरिएको छ । कञ्चनपुरमा काँग्रेसले गुण्डागर्दी र पैसाको बलमा चुनाव राजनीतिमा सक्रिय भएको आरोप लगाइएको छ ।

‘यो पार्टी कञ्चनपुर जिल्लामा गुण्डागर्दी र पैसाको बलमा राजनीतिमा सक्रिय रहेको देखिन्छ, प्रायः सबै निर्वाचनमा यस पार्टीले यही शैलीलाई अपनाएको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘आन्तरिक निर्वाचनमा समेत बाहुबल तथा पैसाको प्रयोग गरेर नतिजा निकाल्ने यस पार्टीको पुरानो विशेषता हो ।’

dirghayi clinic

२०७९ को निर्वाचनमा पनि काँग्रेसले चुनाव जित्न मतदातालाई पैसा बाँड्ने, पैसाको चलखेल गर्ने, आफ्ना नेता कार्यकर्तामाथि साँघातिक आक्रमण गर्ने, राज्य शक्ति कब्जामा लिने, सुरक्षा निकाय वशमा लिने, बुथ कब्जा गर्ने लगायतका हर्कत गरेको प्रतिवेदनमा छ ।

काँग्रेसले आफूmलाई प्रजातान्त्रिक शक्ति भनेर चिनाए पनि जनताको अभिमत कुठाराघात गर्ने दल भएको एमालले ठहर गरेको छ ।

सत्ता साझेदार माओवादी केन्द्रले कञ्चनपुरमा काँग्रेस र एमाले दुबैको काँध चढेर अस्तित्व जोगाएको प्रतिवेदनमा समावेश गरिएको छ ।

माओवादीलाई एमालेले उग्र वामपन्थी चिन्तन बोकेको दलका रुपमा हेरिएको छ । वडा र पालिकासम्म संगठन विस्तार भए पनि जिल्ला र मातहत कमिटीका अधिवेशन तयारीका लागि ध्यान नदिएको एमालेको प्रतिवेदमा समावेश गरेको छ ।

काँग्रेस र एमाले दुबैको साथ खोज्दै आएकोले माओवादी केन्द्रलाई एमालेतिर आकर्षित गर्ने कार्य योजना बनाउनु पर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टीको अस्तित्व भए पनि प्रभावकारी उपस्थिति नभएको प्रतिवेदनमा उल्लेख छ ।

एमालेबाट विभाजित एकीकृत समाजवादीको उपस्थिति भए पनि आफ्नै बलबुताले राजनीतिक प्रभाव पार्न सक्ने अवस्था नभएको एमालेको ठहर छ ।

Himal dental
सम्बन्धित
Loading...