ghar sansar

एमाले अधिवेशन : सहमति खोज्न नेताहरु छलफलमा, उम्मेदवारको फाराम वितरण सारियो

Amity

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा सहमतिका लागि नेताहरु फेरि छलफलमा बसेका छन् । निर्वाचन समितिले निर्वाचन कार्यक्रम अघि बढाएपछि अध्यक्ष मण्डलको अगुवाईमा सहमतिका लागि छलफल थालिएको छ ।

नेताहरु अहिले जिल्ला पदाधिकारीमा सहमतिका लागि छलफल गरि रहेका छन् । सहमतिका लागि छलफल थालिएपछि उम्मेदवारको दरखास्त वितरण समय सारिएको छ ।

lotus institite

निर्वाचन समितिले विहान ८ः३० देखि ९ः०० बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गर्ने तालिका बनाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रमा अधिवेशन सर्वसम्मत बनाउन निर्देशन दिएपछि नेताहरु दबावमा छन् । उनीहरु अध्यक्ष ओलीको निर्देशन अनुसार सर्वसम्मत बनाउन छलफललाई निरन्तरता दिएका छन् ।

अध्यक्ष ओलीले कञ्चनपुरका ६ केन्द्रीय सदस्य सहित जिल्ला इन्चार्जलाई सर्वसम्मत अधिवेशन बनाउन निर्देशन दिएका थिए ।

नवौ अधिवेशनमा ४ सय ६४ प्रतिनिधि सहभागी छन् । अध्यय ओलीको सर्वसम्मत निर्देशनका कारण नेताहरुले पदाधिकारीका आकाँक्षा सार्वजनिक गरेका छैन्न । आन्तरिक रुपमा आकाँक्षा राखेपछि अहिलेसम्म सार्वजनिक रुपमा नेताहरुले आकाँक्षा बाहिर आएका छैन ।

अधिवेशनमा १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुने छ ।

Himal dental
सम्बन्धित
Loading...