ghar sansar

एमाले अधिवेशन : अध्यक्ष ओलीको निर्देशनले सर्वसम्मत बनाउनु पर्ने दबावमा नेताहरु, आकाँक्षीलाई पनि खुल्नै सकस

Amity

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संविधान चोकमा नवौ अधिवेशन उद्घाटन गर्दै ६ केन्द्रीय सदस्यलाई सर्वम्मत बनाउन निर्देशन दिँदै भनेका थिए, ‘तपाईहरु ६ जना केन्द्रीय सदस्य हुनु हुन्छ, तपाई बाहिर एक इन्चार्ज पनि छन्, बस्नु होस, छलफल गर्नु होस, सर्वसम्मत गर्नु ।’

अध्यक्ष ओलीले उद्घाटनमा अधिवेशन सर्वसम्मत बनाउन पटक पटक भाषण गरे । उनले भाषणको अन्तिमतिर आफू फेरि कञ्चनपुर आउने जानकारी दिए । अध्यक्ष ओली सम्भवतः आइतबार महेन्द्रनगर भएर परशुराम जाने छन् ।

lotus institite

अध्यक्ष ओलीको निर्देशनपछि नेताहरु अधिवेशन सर्वसम्मत बनाउन नेताहरुमाथि दबाव थपिएको छ । अध्यक्ष ओलीको निर्देशनपछि नेतृत्वका आकाँक्षी केही नेता पछि हटेका छन् । अधिवेशनमा निर्वाचन कार्यक्रम सुरु हुँदासम्म नेताहरुले आकाँक्षा सार्वजनिक गर्न सकेका छैनन् ।

‘उद्घाटन अघिसम्म एक खालको अवस्था थियो, उद्घाटनपछि त्यो फेरिएको छ, पदाधिकारीमा नेताहरुले औपचारिक रुपमा आकाँक्षा देखाउन सकेका छैनन्,’ एमालेका एक नेताले भने,‘अध्यक्षले सर्वसम्मत गर्ने भनेपछि दबावमा परेको छ ।’

एमालेको यस अघिको आठौं अधिवेशनमा सर्वसम्मत बनाउने केन्द्रको निर्देशन विपरित चुनाव भएको थियो । चुनाव लडेका दुई गुटमध्ये एउटाको अनपेक्षित हार भएपछि एमालेमा व्यापक गुटबन्दी चर्किएको थियो ।

एमाले कञ्चनपुरका इन्चार्ज राना सुरुदेखि सर्वसम्मत बनाउने गरी अघि बढेका छन् । अधिवेशन उद्घाटनको अघिल्लो दिन पनि इन्चार्ज रानाले केन्द्रीय सदस्यसित सर्वसम्मतका लागि छलफल गरेका थिए ।

एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका ६ केन्द्रीय सदस्य छन् । त्यसमा राजेन्द्र सिह रावल र निरुदेबी पाल पोलिटब्युरो छन् । आठौं अधिवेशनमा रावल र पालको गुटबीच चुनावी प्रतिस्पर्धा भएको थियो । उनीहरु बाहेक नर बहादुर धामी, कृपाराम राना, इन्दु कडरिया र कमला बोहरा केन्द्रीय सदस्य छन् । आठौंमा बोहरा बाहेक सबै पाल समूहमा थिए ।

अहिले अधिवेशन सर्वसम्मत बनाउन दुई पोलिटब्युरो सहित सबै केन्द्रीय सदस्य छलफल गरि रहेका छन् । अधिवशेनको अध्यक्ष मण्डलको हैसियतमा इन्चार्ज रानाले सर्वसम्मतका लागि नेतृत्व गरि रहेका छन् ।

एमालेका नेता कार्यकर्ताले पनि अधिवेशन सर्वसम्मत बनाउनु पर्ने पक्षमा छन् । एमाले पोलिटब्युरो सदस्य रावलले शुक्रबार बन्द सत्रलाई सम्बोधन गर्दै अधिवेशन सर्वसम्मत बनाउन सबै लाग्नु पर्ने बताएका थिए ।

बन्द सत्र सकिएपछि शुक्रबार साँझ निर्वाचन समितिले निर्वाचन कार्यक्रम अघि बढाएको थियो । शनिबार विहान नेताहरु फेरि छलफलमा बसेपछि उम्मेदवारको दरखास्त वितरण समय सारिएको छ । यस अघि विहान ८ः३० देखि ९ः०० बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गर्ने तालिका बनाएको थियो ।

नवौ अधिवेशनमा ४ सय ६४ प्रतिनिधि सहभागी छन् । अध्यय ओलीको सर्वसम्मत निर्देशनका कारण नेताहरुले पदाधिकारीका आकाँक्षा सार्वजनिक गरेका छैन्न । आन्तरिक रुपमा आकाँक्षा राखेपछि अहिलेसम्म सार्वजनिक रुपमा नेताहरुले आकाँक्षा बाहिर आएका छैन ।

अधिवेशनबाट पाँच पदाधिकारी सहित १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । त्यसमा भौगोलिक क्षेत्रबाट ५०, समावेशी ४६, खुला १९ सदस्य निर्वाचित हुने छन् ।
निर्वाचनबाट ७ सदस्यीय लेखा समिति पनि निर्वाचित हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...