
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेनशमा उपाध्यक्षका लागि चार जना चुनावी मैदामा उत्रिएका छन् । शनिबार चार जनाले जिल्ला उपाध्यक्षका लागि चार जनाले मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा जनकराज अवस्थी, हिरा चन्द, विष्णु कँडेल र विष्णु अवस्थीले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षका चार उम्मेदवारमध्ये अवस्थी भीमदत्त नगरपालिका इन्चार्ज हुन् । उनीहरुमध्ये चन्द र विष्णु अवस्थी पूर्व प्रदेश कमिटी सदस्य तथा कँडेल पूर्व जिल्ला कमिटी सदस्य हुन् । कँडेल एमाले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख प्रदेश कमिटीका संयोजक पनि हुन् ।
उनीहरुमध्ये जनकराज अवस्थी र कँडेल आठौं जिल्ला अधिवेशन चुनाव लडेका हुन् । उपाध्यक्षका सबै उम्मेदवार भीमदत्त नगरपालिका हुन् ।
