
एमाले अधिवेशनमा निर्वाचन तालिका फेरि संशोधन, केही समयपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उप सचिवमा सबैभन्दा बढी १० उम्मेदवार

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा उम्मेदरवाहरुको प्रारम्भिक नामावली प्रकाशन तालिका सरेको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका बनाएको थियो ।
नयाँ संशोधित निर्वाचन कार्यक्रम अनुसार आधा घण्टापछि उम्मेदरवाहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । अध्यक्ष मण्डलको निर्देशनमा निर्वाचन तालिका सारिएको समितिको भनाई छ ।

निर्वाचन समितिले शुक्रबार साँझ सार्वजनिक गरेको निर्वाचन तालिका शनिबार विहानदेखि हेरफेर भएको थियो । विहान उम्मेदवारको फाराम वितरण गर्ने तालिका पछि सारिएको थियो ।
दिउँसो ३ बजेसम्म फाराम दर्ताको समय राखिए पनि साँझ ५ बजेसम्म सारिएको थियो । त्यसपछि ८ बजे प्रारम्भिक नामावली प्रकाशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरिए पनि फेरि सारिएको हो । अध्यक्ष मण्डल सहितका नेताहरु सहमतिका लागि छलफलमा भएकाले निर्वाचन तालिका सारिएको हो ।
निर्वाचनका समितिका अनुसार अध्यक्ष, २, उपाध्यक्ष ४ सचिव ३ र उप सचिवमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
