ghar sansar

केकले होला त एमालेमा कमाल

dirghayu ad

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार नवौ अधिवेशन सर्वसम्मत बनाउन छलफलमा जुटेका केन्द्रीय सदस्यहरुले सहमति जुटाउन नसकेपछि शनिबार साँझसम्म उम्मेदवारहरुले मनोननयन दर्ता गराएका छन् ।

निर्वाचन समितिले शनिबार विहानदेखि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाउने भनिए पनि अध्यक्ष मण्डलको निर्देशनमा निर्वाचन तालिका संशोधन गरी साँझ दर्ता गरिएको हो । निर्वाचन समितिले केही समयपछि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको छ ।

ratnam malkhad

केन्द्रीय सदस्यहरुले सहमति जुटाउन नसके पनि उनीहरु सबै एकै ठाउँमा देखिएको तस्बिर बाहिर आएका छन् । एमाले केन्द्रीय सदस्य कमला बोहराको जन्म दिनमा एमाले पोलिटब्यृरो सदस्य राजेन्द्र सिह रावल बाहेक सबै केन्द्रीय सदस्य बोहराको जन्म दिनमा सहभागी भएका छन् ।

एमाले कञ्चनपुरका इन्चार्ज नारद मुनि राना सहित केन्द्रीय सदस्यहरुले केक काटेर बोहराको जन्म दिन मनाई रहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन् ।

नवौ अधिवेशन उद्घाटनका दिन बिहीबार अध्यक्ष ओलीले इन्चार्ज राना सहित ६ केन्द्रीय सदस्यलाई अधिवेशन सर्वसम्मत बनाउन निर्देशन दिएका थिए । ओलीको निर्देशन अनुसार सर्वसम्मत बनाउन उनीहरु छलफललाई जारी राखेका छन् ।

एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीले कार्य बाहक अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लवराज भट्टलाई यथावत राखेर सहमति खोज्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि अध्यक्षका आँकाक्षी भट्टले सचिवमा उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष सहितका केन्द्रीय सदस्यहरु सहमति गरी मनोनयन दर्ता गराउन अन्तिमसम्म प्रयास गरेका थिए ।

जिल्ला कमिटीका पदाधिकारीमध्ये उपाध्यक्ष र उप सचिवमा सहमतिका लागि नेताहरु छलफल गरि रहेका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्ष ४ र उप सचिवमा १० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...