राजनीतिक पहुँचका लागि महाकाली मेची यात्रामा निस्किए अधिकारकर्मीहरु, देउडा खेलेर मदनाचोकबाट प्रस्थान

डिल्लीराज पन्त
महेन्द्रनगर । महिलाहरुले खेले देउडा खेलेर महाकाली मेची यात्राको थालनी गरेका छन् । राष्ट्रिय राजनीतिमा एकल महिला तथा द्धन्द पीडित महिलाहरुको कुनै क्षेत्रमा पनि राजनीतिक पहुँच नभएको र राजनीतिक पहुँच नहुँदा पीडित महिलाहरु झन झन पीडित भईरहेकाले त्यसको सुनिश्चितता र कार्यान्वयनका लागि दबाव मुलक यात्रा अभियान पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एक साथ सुरु भएको छ ।

टेवा नेपालको आयोजनामा महिला हकहित र हिन्सा रहित समाज निर्माणार्थका साथै सरकारमा महिलाहरुको स्थान सुनिश्तिताका लागी अभियान थालिएको अधिकारकर्मी माया नेगीले बताइन् ।

नवलपुरमा कोण सभामा परिणत भई समापन हुने यात्राका क्रममा विभिन्न चोक चौतारा र वस्तीहरुमा जनचेतनामुलुक कार्यक्रमको आयोजना गरिने छन् भने ३४ जनाको टिम कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जाने भएका छन् । यात्राको दौरान विभिन्न ठाउ वाट समेत महिलाहरु अभियानसंग जोडिदै जाने कार्यक्रममा सहभागि अधिकारकर्मी रमा पन्तले बताइन ।

यो अभियानमा जोडिदै जाने तीन दिने यात्रा नवलपुरमा मिलन हुनेछ । राष्ट्रिय राजनितिमा एकल महिला तथा द्धन्दपिडित महिलाहरुको कुनै क्षेत्रमा पनि राजनीतिक पहुँच नभएको र राजनीतिक पहुँच नहुँदा पीडित महिलाहरु झन झन पीडित भईरहेकाले त्यसको सुनिश्चितता र कार्यान्वयनका लागि दबवमुलक यात्रा अभियान थालिएको एकल महिलाका लागि महिला समूह(डब्लुएचआर)का अध्यक्ष जानकाी जोशीले बताइन ।

अभियान चैत्र ८ गते नवलपुर पुगेर समापन हुने कार्यक्रमलाई कञ्चनपुरमा सुदुरपश्चिमको लोक संस्कृतिमा आधारित देउडा खेलेर यात्रामा सहभागी सदस्ययहरुलाई स्वागत गरी विदाई गरिएको छ ।

 

सम्बन्धित
Loading...