ghar sansar

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु,तीन दिनसम्म चल्ने

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि सातौ शुक्लापाँटा पर्यटन महोत्सव सुरु भएको छ । भीमदत्त नगर पर्यटन विकास समितिले तीने महोत्सव आयोजना गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले महोत्सव उद्घाटन गरेका छन् । कार्यक्रममा भीमदत्तका मेयर पदम बोगटी शुक्लाफाँटा निकुञ्जमा बाह्रै महिना पर्यटक आउजाउ बढाउने विषयमा पनि छलफल भएको र सबै पालिकाहरु सकारात्मक देखिएको बताए ।

मंगलबार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको रानी ताल सरसफाई गरेर पर्यटन महोत्सव सुरुवात गरिएको छ । उक्त रानी तालमा रहेका फोहरहरुलाई मंगलबार नेपाली सेना, नगर प्रहरी जनप्रतिनिधी, भीमदत्तनगर पर्यटन विकास समिति, विभिन्न गैर सरकारी संस्थाहरु, पत्रकारहरुले तालको सरसफाई गरेको हो ।

दोस्रो दिन बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटकहरूको स्वागतगरिने छन् भने तेस्रो दिन बिहीबार मैत्रीपूर्ण फुटबल सञ्चालन गरिने आयोजकले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा भएको दिन फागुन ९ गतेलाई मध्यनजर गरी पर्यटन महोत्सव आयोजना हुँदै आएको हो ।

भीमदत्त नगर पर्यटन विकास समितिका अध्यक्ष राजेन्द्र केसीले महोत्सवबाट निकुञ्जको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...