महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित सदस्यहरुले पद तथा गोपनियताको शपथ खाएका छन् । एमाले पार्टी कार्यालयमा शुक्रबार साँझ उनीहरुलाई जिल्ला अध्यक्ष लक्ष्मी बुढाले शपथ खुवाएकी छन् ।
जिल्ला अध्यक्ष बुढा सहित पदाधिकारीले सोमबार पद तथा गोपनियताको शपथ खाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पदाधिकारीहरुले शपथ ग्रहण गरेका थिए ।
एमाले नवौ अधिवेशन सुरु भएको ९ दिनपछि जिल्ला कमिटीका सदस्यहरुले शपथ खाएका हुन् । यस अघि पदाधिकारीसंगै सदस्यहरुको शपथ खुवाउने कार्यक्रम राखिए पनि त्यस दिन अन्तिम समयमा रोकिएको थियो ।
निर्वाचन मण्डलले पदाधिकारी र सदस्य सबैको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत जिल्ला समिति चयन गरेको हो । चैत १ गते अधिवेशन सुरु भएको अधिवेशनमा दुई दिनपछि उम्मेदवारी दर्ता गरिएको थियो ।
एमाले केन्द्रीय सदस्य कृपाराम रानाले सबै उम्मेदवारको त्याग र पार्टीप्रतिको निष्ठाले सर्वसम्मत जिल्ला कमिटी चयन भएको बताए । ‘यसका लागि सबैले त्याग गरे, यो पार्टीप्रतिको निष्ठा हो, यसले पार्टी बलियो बनाउँछ’ उनले भने ।
नवौ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मत अधिवेशन बनाउन निर्देशन दिएका थिए । उनले कञ्चनपुरका ६ केन्द्रीय सदस्य सहित जिल्ला इन्चार्जलाई सार्वजनिक रुपमा निर्देशन दिएका हुन् ।
शुक्रबार साँझ पार्टी कार्यालयमा सदस्यहरुलाई सदस्य निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा निर्वाचन अध्यक्ष मण्डलका सदस्य कञ्चनपुर इन्चार्ज नारदमुनि राना सहित पोलिटब्युरो सदस्यहरु राजेन्द्र सिह रावल, निरुदेबी पाल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, इन्दु कडरिया विष्ट, एमाले सुदूरपश्चिम प्रदेश सचिव रण बहादुर चन्द लगायतका सहभागी भएका छन् ।
एमाले केन्द्रीय सदस्य कमला बोहरा भने स्वास्थ्यको कारण देखाउँदै शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएकी छन् । बोहराले बिहीबार फेसबुकमा आफूलाई ज्वरोले सताएको स्टेटश पोष्ट गरेकी थिइन् ।
शपथ ग्रहण कार्यक्रममा पोलिटब्युरो सदस्य रावल केही समय ढिलो गरी पुगेका छन् । अध्यक्ष मण्डलका सदस्य सहित केन्द्रीय सदस्यहरुले कार्यक्रममा आफ्नो धारणा राखे ।
नवौ अधिवेशनबाट १ सय २० सदस्यीय जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएको हो । दुई वर्ष अघि आठौं जिल्ला अधिवेशनमा चुनाव भएको थियो ।
नवौ अधिवेशनबाट लक्ष्मी बुढा जिल्ला नेतृत्वमा आएकी छन् । आठौं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी बुढाले झण्डै एक वर्ष कार्य वाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
एमाले उपाध्यक्षमा जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उप सचिवमा राजीव खड्का र अशोक कुमार चन्द निर्विरोध भएका छन् । उनीहरुमा चन्द अध्यक्षका उम्मेदवार थिए । सहमतिमा उनी उप सचिव भएका हुन् ।
जिल्ला कमिटीमा खुला सदस्यमा अक्कल बहादुर विष्ट, ओमकार पन्त, केशव चन्द, चन्द्र सिह कार्की, चन्द्र सिह धामी, जी भट्ट, ज्ञान बहादुर विष्ट, राम नाथ, रामचन्द्र रेग्मी, लोकेन्द्र प्रसाद पन्त, राधा कृष्ण जोशी ज्वाला र विष्णु कँडेल निर्विरोध भएका छन् ।
खुलामा महिलाबाट देबी शाही, खिमा चन्द, गीता जैसी, भगवती मल्ल, शान्तिमाया तामाङ्ग, सानु कुमारी बुडथापा र सुशिला सिह सदस्य भएका छन् ।
भौगोलिक क्षेत्रका आधारमा पुनर्वास नगरपालिकाबाट आरपी सार्की, भारमल सुनार, मोलम तामाङ्ग, हिरा सिह साउँद, शकुन्तला क्षेत्री र हिनिमाया तामाङ्ग एमाले जिल्ला कमिटी सदस्यमा निर्विरोध भएका छन् ।
बेलौरी नगरपालिका इन्द्रदेब भट्ट, चक्र कठायत, दिपकराज ओझा, धनेशदत्त पन्त, चित्रकला चापागाई र महेश्वरी खत्री सदस्य भएका छन् ।
निर्मल राना र रञ्जिता राना लालझाडी गाउँपालिकाबाट एमाले जिल्ला कमिटी सदस्य भएका छन् । बेलडाँडी गाउँपालिकाबाट लक्ष्मण सिह भाट, हरि प्रसाद जोशी र बसन्तीदेबी जैसी सदस्य भएका छन् ।
कृष्णपुर नगरपालिकामा सदस्य हुनेमा अमरजङ्ग शाही, नवराज खड्का, लक्ष्मण बहादुर कार्की, डम्मकला चन्द, दिलसरा खत्री र हेमराज पाण्डेय छन् । पाण्डेय भौगोलिक क्षेत्रको युवा खुल्लाबाट सदस्य भएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाबाट उत्तरदेब भट्ट, कमलराज गिरी, जगत बहादुर सिह, दुर्गादत्त देबी जोशी र पार्वती भाट सदस्य भएका छन् ।
बेदकोट नगरपालिकाबाट खगेश्वर प्रसाद पाण्डेय, धर्म सिह कुँबर, लाल बहादुर धानुक, हरिश भाट, नन्द जोशी भट्ट सदस्य भएका छन् ।
एमाले जिल्ला कमिटी सदस्यमा भीमदत्त नगरपालिकाबाट सबैभन्दा बढी जिल्ला सदस्य भएका छन् । भीमदत्तबाट गणेश बहादुर चन्द, धवज बहादुर विष्ट, मदन कुमार भण्डारी, राजेन्द्र आग्री, लक्ष्मी भट्ट, कमला भट्ट, भुवन कुँबर, रञ्जना थापा र प्रशान्त भट्ट सदस्य आएका छन् ।
दोधारा चाँदनीबाट ओम बस्नेत, गगन खत्री, सरोज चन्द, अमृता कुमारी शाही साउँद र पूजा केसरा जिल्ला सदस्य भएका छन् ।
समावेशी क्षेत्र अन्र्तगत दलितबाट किशोर चुुनारा, टिकाराम सार्की, तेज बहादुर बिक, रमेश सिह तिरुवा, विष्णु विक, हिरा लुहार, कुमारी सरिता दमाई, गुड्डु देबी दमाई, पार्वती लुहार र ममता कुमारी टमटा सदस्य भएका छन् ।
मजदुर विशेषबाट उमेशराज पाण्डेय, खडक बहादुर रोकामगर, चन्द्रराम विक, दान सिह विष्ट, जयकला गिरी सदस्य भएका छन् ।
जिल्ला कमिटीमा युवा क्लस्टरबाट अर्जुन भट्ट, कमल रोकाया, नरेन्द्र सिह कार्की, नरेश बहादुर सिंह, नविन चन्द, नितेश रावल, प्रविन बोगटी, रविन्द्र प्रसाद देबकोटा, सुरेन्द्र शाही, कमला चौधरी, कुमारी लक्ष्मी भट्ट, गीता ओली, मन्जु शाही, बिमला थापा बोहरा र सपना चौधरी राना सदस्य आएका छन् ।
बुद्धिजीविबाट भान बहादुर चन्द, अपाङ्गबाट हरिदत्त भट्ट, आदिवासी जनजाति किशोर कुमार लिम्बु, खुम बहादुर शेर्पा, विष्णु कुमारी तामाङ्ग र थारु राना चौधरीबाट घुम्मन राना, जोगराम चौधरी, भज्जन राना, लक्ष्मण राना, लाल बहादुर चौधरी, शिवरचण राना, रमिता राना बडायक, सिटाली चौधरी र इकरानी कुमारी राना सदस्य भएका छन् ।
अधिवेशनबाट प्रेमराज अर्याल लेखा समिति संयोजक भएका छन् । समितिमा विष्णु प्रसाद खनाल, शंकर जोशी, ईश्वरी जोशी, बालादेबी नाथ, केशव सिह ऐरी र परशुराम पन्त सदस्य भएका छन् ।
एमाले विधान अनुसार १० प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ । त्यसपछि एमाले जिल्ला कमिटी सदस्य १ सय ३२ सदस्ययीय हुनेछ ।