ghar sansar

एमाले नेता कर्ण चन्द : आठौं अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उप सचिव, नवौमा सर्वसम्मत भएर आउट

महेन्द्रनगर । एमाले कञ्चनपुरको आठौं अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उप सचिव निर्वाचित कर्ण बहादुर चन्द जिल्ला कमिटीबाट बाहिरिएका छन् । एमाले जिल्ला कमिटी सदस्य हुँदै आठौं निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चन्द यस पटक सचिवमा उम्मेदवारी दिएर बाहिरिएका हुन् ।

नवौ अधिवेशनको अध्यक्ष मण्डलले सर्व सम्मति जुटाएपछि चन्द सचिव छाडेर जिल्ला कमिटीबाट बाहिरिन पुगेका हुन् । उनले चुनावका लागि अन्तिमसम्म दबाव दिएका थिए ।

अध्यक्ष मण्डलले चैत ४ गते राति पदाधिकारीको सहमतिको खाका बनाएपछि अध्यक्ष चन्दले अर्को दिन पार्टी कार्यालयस्थित निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरी दबाव दिएका थिए ।

उनलाई केही प्रतिनिधिले साथ दिएका थिए । निर्वाचन समितिमा साथ दिने पुनर्वासकी शान्ति माया तामाङ्ग लगायतका नेता भने जिल्ला कमिटी सदस्य भएका छन् ।

निर्वाचन समितिमा तालाबन्दीपछि एमाले पोटिलब्युरो सदस्य राजेन्द्र सिह रावलले चन्दलाई होटेल ओपेरामा बोलाएर परशुराम लगेका थिए । नेताहरुका अनुसार रावलले चन्दलाई अध्यक्ष केपी शर्मा ओलीसित भेटघाट गराएका छन् ।

एमाले डडेल्धुराको अधिवेशन उद्घाटन गर्न ओली परशुराम आएका थिए । अधिवेशन उदघाटनपछि ओली महेन्द्रनगर आएपछि पदाधिकारीलाई शपथ खुवाईको थियो । होटेल ओपेरामा राति पौने १२ बजे गरिएको शपथ कार्यक्रममा चन्द अन्तिम समयसम्म बसेका थिए ।

एमाले नवौ अधिवेशनमा अध्यक्ष ओलीले अध्यक्ष र सचिव बाहेक पदमा सहमति खोज्न निर्देशन दिएपछि चन्द जिल्ला कमिटीमा अटाउन नसक्ने अवस्था आएको हो ।

अध्यक्ष ओलीको निर्देशन अनुसार सचिवमा पल्लवराज भट्ट दोहोरिएका छन् । आठौं अधिवेशनमा भट्ट र चन्द एकै प्यालनबाट चुनाव लडेर निर्वाचित भएका थिए । आठौं अधिवेशनमा सुरेन्द्र विष्ट र बीर बहादुर थापाका दुई प्यानल चुनाव लडेका थिए ।

नवौ अधिवेशनमा अध्यक्ष ओली सहित केन्द्रीय नेताले भागबण्डा गरी पदाधिकारी चयन भएका छन् । अध्यक्ष ओलीले अध्यक्ष र सचिव भाग लगाएपछि बाँकी पदाधिकारीमा पोलिटब्युरो र केन्द्री सदस्यले भाग लगाएर सर्वसम्मत गरेका हुन् ।

चन्द अध्यक्ष ओली, पोलिटब्युरो र केन्द्रीय सदस्यको रोजाईमा नपरेपछि जिल्ला कमिटीबाट बाहिरिन पुगेका छन् ।
आठौं अधिवेशनमा विष्ट प्यानलबाट चुनाव जितेका लक्ष्मी बुढा अध्यक्ष, पल्लवराज भट्ट सचिव र राजीव खड्का उप सचिव भएका छन् । उपाध्यक्ष आएका जनकराज अवस्थी र उप सचिव अशोक कुमार चन्द थापा प्यानलबाट चुनाव लडेका थिए ।

भीमदत्त नगरपालिका ६ का चन्द पार्टीमा वर्षौैदेखि सक्रिय भएका नेता हुन् । अध्यक्ष ओलीले उनलाई पार्टी जिम्मेवारी दिने आश्वासन दिएको नेताहरु बताउँछन् ।

नवौ अधिवेशन सर्वसम्मत बनाउने भनिए पनि अध्यक्ष बुढा, सचिव भट्ट र उप सचिव चन्दका तीन प्यानल चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने आन्तरिक तयारीमा थिए । अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेपछि अध्यक्ष र सचिव बाहेक सहमति गर्न निर्देशन दिएपछि तीन प्यानलको चुनाव लड्ने तयारी एकाएक रोकिएको थियो ।

आठौं अधिवेशनमा एकै प्यानल चुनाव लडेका बुढा र भट्ट छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी थियो । बुढा र भट्ट विभाजन भएर चुनाव लडेपछि तेस्रो प्यानल बनाएर जिल्ला नेतृत्व लिने दाउ अशोक चन्दको थियो ।

उनी आर्ठौं अधिवेशनमा थोरै मतले सचिव भट्टसित पराजित भएका थिए । सहमति भएपछि उनी उम्मेदवारी फिर्ता लिएर उप सचिव बसेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...