ghar sansar

नगर प्रहरी लगाएर बिथोलियो महेश चन्दले संविधान चोकमा उद्घाटन गर्ने होली विशेष साँस्कृतिक कार्यक्रम

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले एक गैर सरकारी संस्थाले संविधान चोकमा आयोजना गरेको होली विशेष साँस्कृतिक कार्यक्रममा रोक लगाएको छ ।

भीमदत्तका नगर प्रहरीले नमूना समाज कञ्चनपुरले होली पर्वको अवसरमा पारी संविधान चोकमा आयोजान गरेको तीन दिने लागु औषध विरुद्धको सचेतना मुलक साँस्कृतिक होली कार्यक्रम रोकेका हुन् ।

ratnam malkhad

नमूना समाजले चैत ८ गते भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दको प्रमुख आतिथ्यमा होली विशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम राखेको थियो ।

संविधान चोकमा कार्यक्रम तयारी गर्ने क्रममा नगर प्रहरीले कार्यक्रम सञ्चालनका लागि अनुममति नभएको भन्दै कार्यक्रम गर्न रोक लगाएका हन् । त्यस क्रममा नगर प्रहरी र समाजका अध्यक्ष हरिना भट्टबीच चर्काचर्की भएको थियो ।

‘कार्यक्रमका लागि ५० कुर्ची फाल्ने बित्तिक्कै भीमदत्तको नगर प्रहरीको भ्यानभरि प्रहरी आए, अनुमति देखाउनु भन्यो’ समाजका अध्यक्ष भट्टले भनिन्,‘कार्यक्रम गर्न दिदैँनौ भनेर अवरुद्ध गुरेपछि त्यहाँबाट बाहिर निस्कियौ ।’

नगर प्रहरीले कार्यक्रम गर्न नदिएपछि जानकी टोलको एकता टोल विकास संस्थासित सहकार्य गरी होली साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताइन् ।

‘त्यहाँ कार्यक्रम गर्न नदिएपछि टोल विकास संस्थासित सहकार्य गरी होली खेलि रहेका छौ, प्रशासन कार्यालय सहित सरकारी कार्यालय र बजार आशपासका क्षेत्रमा होली खेलि रहेका छौ ।’

भीमदत्त नगरपालिकाले कार्यक्रमका लागि निवेदन दर्ता गरी अन्तिम समयमा अनुमति नदिएर कार्यक्रम बिथोलेको अध्यक्ष भट्टले बताइन् ।

‘कार्यक्रमका लागि नगरपालिकामा अनुमतिका लागि निवेदन दियौ, हाकिमबाट तोक लगाएर जिन्सीमा गयौ, त्युसपछि हामीलाई दिने भनेर चिठी पनि तयार भएको छ’ उनले भनिन्,‘त्यसपछि के भयो, थाह भएन, कार्यक्रमका लागि अनुमति दिइएन् ।’

भीमदत्तको जिन्सी शाखाका कर्मचारीले कार्यक्रम अनुमतिका लागि शुल्क लाग्ने बताए पनि रकम नतोक्दा दिन नसकिएको अध्यक्ष भट्टले बताइन् ।

‘निवेदनमा तोक लगाई सकेपछि जिन्सी शाखामा गएका थियौ, त्यहाँ अनुमतिका लागि पैसा चाहिने भन्यो, यति उति केही भनेनन्, ठेली पनि देखाएनन्’ उनले भनिन्, ‘त्यसै दिने कुरा भएन ।’

भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष चन्दलाई प्रमुख अतिथि बनाएको रिसले पनि कार्यक्रम गर्न नदिएको हुन सक्ने भट्ट बताउँछिन् । चन्द भीमदत्तको कार्यपालिका र नगर सभा दुबैमा नगरपालिकाको गलत कार्यको विरोध गर्दै आएका छन् ।

भीमदत्तको काँग्रेस नेतृत्वको सरकारको आलोचना गर्ने चन्द सत्ता पक्षका कार्यपालिका सदस्य छन् । भीमदत्तमा काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र कार्यपालिका सदस्य छन् ।

अध्यक्ष भट्टले भीमदत्तका उप मेयर निलम लेखक जोशी र भीनपा ४ का वडा अध्यक्ष सुशिल भट्टलाई पनि कार्यक्रम आयोजनाका लागि अनुमति दिन आग्रह गरेकी छन् । उनीहरु दुबैले आफूहरु काठमार्डौंमा भएको जानकारी दिएका थिए ।

नमूना समाजले चैत ५ गते भीमदत्त नगरपालिकामा संविधान चोकमा कार्यक्रमका लागि अनुमित दिन निवेदन दिएको थियो । त्यसपछि समाजले जिल्ला प्रशासन कार्यालय र भीनपा ४ नम्बर वडा कार्यालयलाई कार्यक्रम आयोजना सम्बन्धी जानकारी गराएको थियो ।

भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष भट्टले संविधान चोकमा निर्माण कार्य चलि रहेकाले कार्यक्रम गर्न बन्द गरिएको बताए । ‘त्यहाँ निर्माणको कार्य चलि रहेको छ, अहिले त्यहाँ कार्यक्रम गर्न बन्द गरिएको छ’ उनले भने ।

भीमदत्त नगरपालिका र वडा कार्यालयबाट भने कार्यक्रम आयोजना गर्न नदिने औपचारिक निर्णय भने नभएको उनले बताए । ‘त्यस्तो औपचारिक निर्णय भएको छैन, अब सर्वदलीय बैठक गरी यसबारे निर्णय गर्छौ’ उनले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले यसबारे आफूले बुझेर प्रतिक्रिया दिने बताए ।

Himal dental
सम्बन्धित
Loading...