ghar sansar

नगर प्रहरी लगाएर भीमदत्तले बिथोले पनि टोल विकास संस्थाको सहकार्यमा खेलियो लागु औषध विरुद्ध होली

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगर प्रहरी लगाएर कार्यक्रम गर्न रोक लगाएपछि नमूना समाजले टोल विकास संस्थासित सहकार्य गरी कार्यक्रम गरेको छ ।

भीमदत्त नगरपालिका १८ को एकता टोल विकास संस्थासित कार्यक्रम लागु औषध विरुद्धको सचेतना मुलुक साँस्कृतिक महेन्द्रनगर बजार सहित विभिन्न क्षेत्रमा गरेको छ ।

lotus institite

नमूना समाज कञ्चनपुरका अध्यक्ष भीमदत्त नगरपालिकाले मेयरले कार्यक्रम गर्न नदिए पनि आफूहरुले लागु औषध विरुद्धको साँस्कृतिक कार्यक्रम होली खेलेर सफल पारेको बताइन् ।

‘नमूना समाजले चैत ८ गते भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दको प्रमुख आतिथ्यमा होली विशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम राखेको थियो, त्यो कार्यक्रम नगर प्रहरी लगाएर हुन दिइएन’ अध्यक्ष भट्टले भनिन्,‘त्यसपछि टोल विकास संस्थासित सहकार्य गरी कार्यक्रम गरिएको छ ।’

होली पर्वको अवसरमा चैत ८ गते उद्घाटन गर्न लागिएको कार्यक्रम भीमदत्तका नगर प्रहरीले अवरोध गरी रोकि दिएका थिए ।

एकता टोल विकास संस्थाका अध्या भानी चन्द ठकुरीले लागु औषध विरुद्धको सचेतना मुलक कार्यक्रम समय सापेक्ष र आवश्यकता भएकाले सहकार्य गरिएको बताए ।

‘अहिले लागु औषधको समस्या सबैतिर छ, यस विरुद्ध जन चेतना फैलाउन आवश्यक छ’ उनले भने,‘त्यस अनुसार होली खेलेर सकेसम्म जन चेताना फैलाउने कार्य गरेका छौ ।’

टोल विकास संस्थाका गंगादत्त भट्टले लागु औषध विरुद्ध सचेतना फैलाउने कार्यक्रममा अवरोध हुन दुःखद भएको बताए । ‘यस्तो कार्यक्रममा पनि अवरोध भएपछि टोल विकास संस्थासित सहकार्य गरिएको हो’ उनले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रहरीले अनुमति नलिएको भन्दै कार्यक्रम गर्न नदिएको अध्यक्ष भट्टले बताइन् । उनले कार्यक्रम रोक्न मेयर बोगटीले एक गाडी नगर प्रहरी परिचालन गरेको बताइन् ।

‘नगर प्रहरीको भ्यानभरि प्रहरी आए, अनुमति देखाउनु भन्यो’ समाजका अध्यक्ष भट्टले भनिन्,‘कार्यक्रम गर्न दिदैँनौ भनेर अवरुद्ध गुरेपछि त्यहाँबाट बाहिर निस्कियौ, त्यसपछि टोल विकास संस्थासित सहकार्य गरी होली खेलि रहेका छौ, प्रशासन कार्यालय सहित सरकारी कार्यालय र बजार आशपासका क्षेत्रमा होली खेलि रहेका छौ ।’

भीमदत्तको जिन्सी शाखाका कर्मचारीले कार्यक्रम अनुमतिका लागि शुल्क लाग्ने बताए पनि रकम नतोक्दा दिन नसकिएको अध्यक्ष भट्टले बताइन् ।

‘निवेदनमा तोक लगाई सकेपछि जिन्सी शाखामा गएका थियौ, त्यहाँ अनुमतिका लागि पैसा चाहिने भन्यो, यति उति केही भनेनन्, ठेली पनि देखाएनन्’ उनले भनिन्, ‘त्यसै दिने कुरा भएन ।’

भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष चन्दलाई प्रमुख अतिथि बनाएको रिसले पनि कार्यक्रम गर्न नदिएको हुन सक्ने भट्ट बताउँछिन् । चन्द भीमदत्तको कार्यपालिका र नगर सभा दुबैमा नगरपालिकाको गलत कार्यको विरोध गर्दै आएका छन् ।

नमूना समाजले चैत ५ गते भीमदत्त नगरपालिकामा संविधान चोकमा कार्यक्रमका लागि अनुमित दिन निवेदन दिएको थियो । त्यसपछि समाजले जिल्ला प्रशासन कार्यालय र भीनपा ४ नम्बर वडा कार्यालयलाई कार्यक्रम आयोजना सम्बन्धी जानकारी गराएको थियो ।

भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष भट्टले संविधान चोकमा निर्माण कार्य चलि रहेकाले कार्यक्रम गर्न बन्द गरिएको बताए । ‘त्यहाँ निर्माणको कार्य चलि रहेको छ, अहिले त्यहाँ कार्यक्रम गर्न बन्द गरिएको छ’ उनले भने ।

भीमदत्त नगरपालिका र वडा कार्यालयबाट भने कार्यक्रम आयोजना गर्न नदिने औपचारिक निर्णय भने नभएको उनले बताए । ‘त्यस्तो औपचारिक निर्णय भएको छैन, अब सर्वदलीय बैठक गरी यसबारे निर्णय गर्छौ’ उनले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले यसबारे आफूले बुझेर प्रतिक्रिया दिने बताए । एकता टोल विकास संस्थाका भट्टले होली खेलेर संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...