ghar sansar

बैतडीको पञ्चेश्वरका कलौनी भारतमा सम्पर्क विहीन

महेन्द्रनगर । बैतडीका एक युवक भारतमा सम्पर्कविहिन भएका छन्। पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहिन भएको उनका आफन्त गणेश भट्टले बताए ।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्क विहिन छन्। फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए । कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...