ghar sansar

कृष्णपुरका राजेन्द्र प्रसाद भट्टलाई मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न अपील

महेन्द्रनगर । कृष्णपुर नगरपालिका – ६ का राजेन्द्र प्रसाद भट्टको मृगौला प्रत्यारोपणका लागि घर र आफन्तले सहयोगको लागि अपील गरेका छन् ।

काठमाडौैंको किस्ट अस्पतालमा भर्ना गरिएका भट्टको दुबै मृगौला खराब भएपछि उनकी धर्मपत्निले मृगौला दान गर्न लागेकी छन् । मृगौला प्रत्यारोपणका लागि आवश्यक खर्च व्यहोर्न सकिने अवस्था नभएकाले सहयोगका लागि अपील गरिएको उनका आफन्त बलदेब प्रसाद भट्टले बताए ।

‘कृष्णपुर नगरपालिका ६ बस्ने बस्ने मेरो फुपूको सबैभन्दा कान्छो छोरा आदरणीय दाई राजेन्द्र प्रसाद भट्ट को दुवै मृर्गौला खराब हुँदा भाउजुले मृगौला दान गरि प्रत्यारोपण को लागि हाल प्क्ष्क्त् अस्पताल काठमाडौंमा उपचार भइरहेको र मृगौला प्रत्यारोपण को लागि आर्थिक सहयोगको लागि अपिल गर्दछु’ भट्टले भने ।

भट्टले सहयोगका लागि अस्पताल भर्ना भट्टकी छोरी बबिता भट्टको नाममा एनएमबी खाता नं. ०९८०१९३३३१००००१२ वा इ सेवा ९८६६१००१७३ मा भुक्तानी गरी सहयोग गर्न सकिने बताएका छन् ।

‘हामीले गरेको सानो सहयोगले कसैको जीवन जोगिन सक्छ’ उनले भने, ‘सहयोगी हातहरूलाई हार्दिक अपिल र नमन छ ।’

Himal dental
सम्बन्धित
Loading...