ghar sansar

निङ्गलाशैनी माविका अध्यक्ष भट्टले भने– शिक्षक सरुवामा सबैभन्दा बढी भ्रष्टाचार

Amity

महेन्द्रनगर । निङ्गलाशैनी माध्यमिक विद्यालय गौबरैयाका व्यवस्थापन समिति अध्यक्ष निरञ्जन प्रसाद भट्टले शिक्षक सरुवामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

शिक्षक सरुवामा सबैभन्दा बढी भ्रष्टाचार हुने भए पनि आफूले त्यसलाई निरुत्साहित गर्ने गरी कार्य गरेको अध्यक्ष भट्टले बताए ।

lotus institite

‘शिक्षक सरुवामा सबैभन्दा बढी भ्रष्टाचार हुने गर्छ, तर मैले राजनीतिक रुपमा कसैलाई पनि सरुवा गरेको छैन, माओवादी, काँग्रेस एमाले भनेर सरुवा गरेको छैन’ उनले भने ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी प्रमुख अतिथि भएको कार्यक्रममा भट्ट शिक्षक सरुवाको प्रसंग उठाएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाईका अधिकारीहरुले शिक्षक सरुवामा लाखौै घुस लिने गरेको आरोप लाग्दै गरेको छ । उनीहरुले तह अनुसार सरुवामा घुस तोकेर लिने गरेको शिक्षकहरु बताउँछन् ।

गत वर्ष शिक्षक सरुवामा लिएको घुसमा विवाद भएपछि समन्वयका कर्मचारीले हात जोडेर घुस रकम फिर्ता गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयसित शिक्षा समन्वय इकाई कार्यालय जोडिएको छ ।
समन्वयले घुस खाएर सरुवा गर्न नमिल्ने शिक्षकहरुलाई समेत सरुवा गरेको शिक्षकहरु बताउँछन् ।

उनले सहकारीमा राजनीति व्याप्त भएकोमा असन्तुष्टि व्यक्त गरे । उनले जिल्ला सहकारी संघ, महासंघ सबैमा राजनीति हुने भएको उल्लेख गर्दै राजनीति घुस्न नछाडेसम्म संस्था बलियो हन नसक्ने बताए ।

सहकारी, शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट बाहिर राखिनु पर्ने भट्टको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...