महेन्द्रनगर । दोधारा चाँदनीको बडवाल टोलमा जगंली हात्तीले दुई बिगाहा बढी जमिनको गहुँबाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका किसानहरुको जंगली हात्तीले २ बिगाहा बढी गहुँबाली नष्ट गरेको स्थानियहरुले बताए ।
बस्तीमा बिगत लामो समयदेखि जंगली हात्तीले स्थानीयको अन्नबाली नष्ट गर्ने, घरहरु भत्काउने गर्दै आएको छ । सरोकारवालाहरुले जंगली हात्तीको आतंक नियन्त्रण कार्य कुनै पनि प्रकारको नगरेको स्थानियहरुको पिडा छ् ।
जंगली हात्तीले बडुवाल टोलका कमला सुनार, खेम बहादुर खत्री, महाविर क्षेत्री, नन्दलाल मगर, नर बहादुर मगर, चन्ऽकला मगर लगाएत दर्जनौ किसानहरुको खेतमा पक्नै लागेको गहुँबाली हात्तीले नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।
बिगत लामो समय देखि भारतिय जंगलबाट बस्तीमा पस्दै आएको जंगली हात्तीको कारण स्थानियहरुले निकै समस्या खेप्दै आउनु परेको छ् ।
बच्चा सहित आएको जंगली हात्तीले धपाउन जाादा हात्तीले आक्रमण गर्न आउने हँुदा खेतको गहुँ बाली सखाप नगरेसम्म हात्ती नभाग्ने गरेको उनीहरुको भनाई रहेको छ । वर्षौ देखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानिय निराश हुँदै आएका छन् ।
जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउदा, अन्नवाली नष्ट गर्दा समेत स्थानिय सरकार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मुकदर्शक भएर बसेको स्थानियहरुको गुनासो बन्दै आएको छ् ।
बिगतका दिनमा सरह अहिले पनि बस्तीमा जंगली हात्तीको आतंक नरोकिएको स्थानीय बताउँछन् । झण्डै २ सय ५० घर रहेको बडुवाल टोलमा जंगली हात्तीले अन्नबाली क्षति गरेका कारण केही स्थानियहरु भारतको बिभिन्न शहरमा मजदुरी गर्न बाध्य भएका छन् ।