ghar sansar

भीनपा १३ का वडा सचिव धामी पत्निको उपचारका लागि कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले गरे सहयोग

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले भीमदत्त नगरपालिका १३ का वडा सचिव हर्क बहादुर धामीकी धर्मपत्नि मन्जु कुमारी साउँद धामीको उपचारका लागि सहयोग गरेका छन् ।

ब्लड क्यान्सरको उपचारका लागि काठमाडौंस्थित सिभिल हस्पिटलमा भर्ना ४४ वर्षिया धामीको उपचारका लागि भट्ट २२ हजार ५ सय सहयोग गरेका छन् । उनले वडा सचिव धामीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

वडा सचिव धामीको परिवारले सबै उपचार खर्च व्यहोर्न सक्ने अवस्था नभएपछि गत महिना सहयोगका लागि याचना गरेका थिए । भीनपा १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले समिति बनाएर सहयोग जुटाउने अभियान सञ्चालन गरेका थिए ।

वडा अध्यक्ष बोहराले वडा, नगरपालिका जिल्ला हुँदै देश विदेश सबै ठाउँबाट सहयोग रकम आएको बताए । धामीको उपचारका लागि कम्तिमा ४० लाख रुपैँया लाग्ने वडा अध्यक्ष बोहराले बताए ।

निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले समस्यामा परेका सबैलाई मानिसलाई सहयोग गर्न पर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...