ghar sansar

कञ्चनपुर डिभिजन वन प्रमुख कँडेल विरुद्ध अख्तियारमा उजुरी, कानुन मिचेर रुख कटान आदेश र फर्निचर सःमिल सञ्चालन अनुमतिमा घुस लिएको आरोप

महेन्द्रनगर । डिजिभन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमलाल कँडेल र सव डिभिजन कार्यालय शुक्लाफाँटाका प्रमुख भोजराज शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

सामुदायिक वनहरुसित आर्थिक लेनदेन गरी आवश्यक कागजात विना कटान आदेश दिएको, सामुदायिक वनको घाटगट्टीमा काठ हुँदाहुँदै कानुन विपरित कटान आदेश लिएको, घुस लिएर फर्निचर तथा सःमिल खोल्ने अनुमति दिएको तथा सव डिभिजन प्रमुख शर्माको मिलेमतोमा चुरे क्षेत्रमा अवैध उत्खनन गरिएको लगायतका आरोप लगाउँदै छानबिनका लागि अख्तियारमा दिइएको छ ।

विकल्प दैनिकलाई प्राप्त उजुरीको प्रतिलिपीमा डिभिजन वन र सव डिभिजनका पीडितहरु निवेदक भनुेर उल्लेख गरिएको छ ।

डिभिजन वन प्रमुख कँडेल र सव डिभिजन प्रमुख शर्माले अधिकार दुरुपयोग गरी गैर काननुी कार्य गरेकोले छानबिन गरी उनीहरुमाथि कारवाही गर्न माग गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले कार्यालयलाई अख्तियारमा उजुरी परेको सम्बन्धि केही जानकारी नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...