ghar sansar

नगर विकास समितिको जग्गा अतिक्रमण हटाउन सर्बदलीय चुपचाप, बाल संगठन, खाद्य कम्पनी र यातायात कार्यालयका खोका छाप्रामा जोड

Amity

महेन्द्रनगर । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने विषयलाई वेवास्ता गरी प्रशासन कार्यालयमा बसेको सर्बदलीय बैठकले नेपाल बाल संगठन, खाद्य व्यापार कम्पनी र यातायाता व्यवस्था कार्यालयका खोका छाप्रा हटाउने विषयलाई फेरि प्राथमिकता दिएको छ ।

गृह मन्त्रालयले सरकारी सावर्जनिक जग्गाको अतिक्रमण खाली गर्न निर्देशन दिएपछि चैत ६ गते प्रशासन कार्यालयमा बसेको सर्बदलीय बैठकले अतिक्रमण खाली गर्ने निर्णय गरेको थियो । त्यस दिनको निर्णय अनुसार बाल संगठन, खाद्य व्यापार कम्पनी र यातायात व्यवस्था कार्यालय अगाडिका खोका छाप्रा हटाउने निर्णय गरी सार्वजनिक सूचना गरिएको थियो ।

lotus institite

प्रशासन कार्यालयले ७ दिनभित्र खोका छाप्रा हटाउन सात दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना अनुसार खाली नभएपछि बिहीबार प्रशासन कार्यालयमा बसेको बैठकले फेरि ७ दिने सूचना जारी गर्ने निर्णय सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले खोका छाप्रो हटाउने अन्तिम मौका दिएको सूचनामा उल्लेख गरेका छन् । उनले खोका छाप्रा हटाउन अटेर गरिए कानुन अनुसार हटाइने चेतावनी दिएका छन् ।

प्रशासन कार्यालयले बिहीबार अतिक्रमण हटाउने गरिएका प्रयासहरुको समीक्षा गर्न सर्बदलीय बैठक गरेको हो । बैठकमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, भीमदत्त नगरपालिकाका मेयर सहित जनप्रतिनिधि र विभिन्न कार्यालयका प्रमुख सहभागी भएका छन् ।

बैठकमा भीमदत्त नगर विकास समितिको अतिक्रमण खाली गर्ने विषयमा कुरा उठे पनि त्यसलाई हटाउने निर्णय नभएको सहभागीहरुले बताए । भीमदत्त नगर विकास समितिका अध्यक्ष मेयर पदम बोगटी सहभागी थिए ।

भीमदत्त नगरपालिकामा ठूलो मात्रामा भीमदत्त नगर विकास समितिका जग्गा कब्जा गरिएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीको तोक आदेश र राजनीतिक प्रशासनिक आडमा जग्गा कब्जा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालिन पदाधिकारी सहित जग्गा लिने डेढ सय जना विरुद्ध जग्गा घोटालामा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बैठकमा नगर विकास समितिका अध्यक्ष सहित नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा सहभागी थिए । नगर विकास समितिका अध्यक्ष बोगटीले आफू मातहतको समितिको जग्गा अक्रिमणबारुे केही बोलेनन् ।

बैठकमा सहभागी केहीले बाल मन्दिर, खाद्य व्यापार कम्पनी र यातायात, भूमि सुधार मालपोत कार्यालयका खोका छाप्रा हटाृउन भन्दा नगर विकास समिति मातहतको जग्गाको अतिक्रमण हटाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल बाल संगठन र तत्कालिन नेशनल टे«डिङ्ग कम्पनीले जग्गा भाडामा दिएपछि खोका छाप्रा बनाइएका हुन् । बाल संगठनले २०५४ र नेशलनल ट्रेडिङ्गले २०७० मा जग्गा भाडामा दिएको थियो ।

अहिले ती दुबै स्थानमा व्यवसाय गर्दै आएका व्यवसायीले विना कारण आफूहरुलाई हटाउन थालिएको भन्दै संघर्ष समिति बनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...