ghar sansar

भीमदत्तले दिएन ६ महिनादेखि विद्यालय कर्मचारीलाई तलब, हाकिमलाई भेटेर पोखे दुखेसो

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ६ महिनादेखि तलब नदिएपछि सामुदायिक विद्यालयका कर्मचारी नगरपालिका पुगेर दबाव दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा उनीहरुले शुक्रबार नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई भेटेर तलब निकासाका लागि दबाव दिएका छन् ।

भीमदत्तले कर्मचारी लेखापाल र परिचरलाई संघ सरकारबाट आएको १३ हजार ५ सय तलब निकासा गरे पनि नगरपालिकाले दिनु पर्ने सात हजार रुपैँया ६ महिनादेखि नदिएको हो । सरकारले गत वर्षदेखि स्थानीय तहबाट विद्यालय कर्मचारीलाई सात हजार तलब थप गर्ने निर्णय गरेको थियो ।

lotus institite

भीमदत्तले गत वर्ष सरकारी निर्णय अनुसार तलब दिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तलब उपलब्ध गराए पनि त्यसपछि हालसम्म तलब नदिएको विद्यालय कर्मचारी परिषद् भीमदत्त नगर अध्यक्ष रमेश बहादुर खड्काले बताए ।

‘विद्यालय कर्मचारीले संघ सरकारबाट १३ हजार ५ सय, सात हजार स्थानीय सरकारबाट तलब पाउँछन्, यो गत वर्षदेखि लागू भएको हो’ नगर अध्यक्ष खड्काले भने,‘यस वर्ष यस अघि तीन महिनाको तलब दिइएको छ, तर त्यसपछि ६ महिनासम्मको तलब दिइएको छैन ।’

नगरपालिकाले संघ सरकारले दिने तलबलाई भने निकासा गरी आफूहरुले पाई सकेको खड्काले बताए ।

daimond public

भीमदत्तका सामुदायिक विद्यालयमा लृेखापाल र परिचर गरी ८१ जना छन् । विद्यालय कर्मचारी परिषद्ले गत वर्ष आन्दोलन गरेपछि स्थानीय सरकारले सात दिने तलब दिने सहमति भएको थियो ।

शान्ति निकेतन माध्यमिक विद्यालयका लेखापाल ईश्वरी साउँदले तलबका लागि नगरपालिका कार्यालय आउन आफूहरुलाई राम्रो नलागेको बताइन् ।

‘संघ सरकारबाट आउने तलब पाई रहेका छौ, स्थानीय सरकारले पनि यसरी नै तलब दिए यसरी नगरपालिका आउनु पर्ने अवस्था हुँदैन थियो’ उनले भनिन्,‘हामीहरुलाई पनि यसरी तलबका लागि गुहार गर्न पर्ने राम्रो लागेको छैन ।’

नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका अध्यक्ष इन्द्र सिह कार्कीको नेतृत्वमा उनीहरु नगरपालिका आएका हुन् ।
अध्यक्ष कार्की सहित उनीहरुले भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बमलाई भेटेर छिटो तलब निकासाका लागि आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत बमले विद्यालय कर्मचारीलाई तलब खुवाउने मालपोत राजश्व बाँडफाँट शीर्षकको राजश्व नआएका कारण तलब खुवाउन नसकिएको बताए ।

‘वहाँहरुलाई मालपोत राजश्व बाँडफाँट शीर्षकबाट तलब खुवाउने गरिएको छ, त्यो पैसा आएको छैन, पैसा आएपछि छिटो तलब खुवाउँछौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...