Sarsoti

सामुदायिक वनले भीमदत्तलाई तिर्न थाले राजश्व, मटेनाको बैजनाथले बुझायो ८५ हजार रोयल्टी

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सामुदायिक वनबाट वन पैदावार बिक्री वापतको राजश्व लिन थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा सामुदायिक वनले वन पैदावार वापत बिक्री वापत आम्दानीको १० प्रतिशत रकम स्थानीय तहलाई बुझाउने प्रावधान अनुसार रोयल्टी लिएको हो ।

Mahendranagar

भीमदत्त नगरपालिका ९ मटेनाको बैजनाथ सामुदायिक वनले भीमदत्तलाई रोयल्टी रकम बुझाएको छ । भीमदत्तको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका शाखा प्रमुख मनोज भट्टका अनुसार बैजनाथ सामुदायिक वनले ८५ हजार ८ सय रुपैँया राजश्व बुझाएको हो ।

morning glory

शाखा प्रमुख भट्टले नगरपालिकालाई राजश्व बुझाउनेमा बैजनाथ सामुदायिक वन पहिलो भएको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा १० प्रतिशत राजश्व बुझाउनु पर्ने प्रावधान छ, त्यस अनुसार कार्यालयले सामुदायिक वनलाई पत्र पठाएका थियौ’ उनले भने,‘बैजनाथले बुझाएका छ, अन्य वनले पनि बुझाउने छन ।’

भीमदत्तले बैजनाथ सहित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समूह ब्रह्मदेब, झिलमिली जन कल्याण सामुदायिक वन मटेना, बैजनाथ रौटेला बाराकुण्डा सामुदायिक वन उपभोक्ता समूह बाराकुण्डा, सिद्ध सामुदायिक वन उपभोक्ता समूह हल्दुखाल, शान्ति सामुदायिक वन उपभोक्ता समूह तिल्केनी, सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूह तिलकपुर र सिद्धनाथ तपोवन सामुदायिक वन उपभोक्ता समूह तिलाचौरलाई राजश्वका लागि पत्र पठाएको थियो ।

saark school
सम्बन्धित
Loading...