ghar sansar

भीमदत्तले माग्यो आफ्नै कार्यपालिका सदस्यसित नगर विकास समितिको जग्गामा अवैध निर्माणाधिन सुदूरपश्चिम दलित छात्राबासका कागजात

प्रमुख प्रशासकीय अधिकृत भन्छन्– कागजात मागेका छौ, मागेका कागजात नआए छत ढलानको भुक्तानी दिँदैनौ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्माणाधिन सुदूरपश्चिम दलित छात्राबास अवैध रुपमा निर्माण गरिएको बाहिर आएपछि आवश्यक कागजात पठाउन सुदूरपश्चिम छात्राबास कञ्चनपुरलाई पत्र पठाएको छ ।

भीमदत्त नगरपालिकाले छात्राबासमा संरचना निर्माणको लागि सम्झौता गरी छत ढलान कार्य सकिएपछि आवश्यक कागजात पठाउन पत्राचार गरेको हो । संघीय सरकारको २० लाख बजेटमा छात्राबास छत ढलानका लागि भीमदत्तले केही महिना अघि सम्झौता गरेको थियो ।

mantra hos123

सुदूरपश्चिम दलित छात्राबास कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जग्गा कब्जा गरी २०७० देखि विभिन्न सरकारी निकायको बजेट खर्च गरी छात्राबास बनाउँदै आएको हो । पछिल्लो पटक संघ सरकारको सहरी आवाश कार्यक्रम अन्र्तगत २० लाख बजेटमा लगत साझेदारीमा भीमदत्त नगरपालिकासित योजना सम्झौता गरिएको थियो ।

भीमदत्त नगरपालिकासित सम्झौतापछि उप मेयर निलम लेखक जोशीको उपस्थितिमा छत ढलान गरिएको थियो । छात्राबासका अध्यक्ष हरिहर परियार भीमदत्तका कार्यपालिका सदस्य एबम् लेखा समिति संयोजक छन् । उनीहरु दुबैले छत ढलानका क्रममा केही पत्रकारलाई बोलाएर छतमा अन्तरवार्ता दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगर विकास समितिका सबै कामकाज रोकिएका बेला छात्राबासको छत ढलान भएपछि अवैध रुपमा छात्राबास निर्माण गरिएको बाहिर आएको हो ।

नगर विकास समितिको जग्गा कब्जा गरी अवैध रुपमा छात्राबास निर्माणाधिन भएको समाचार आएपछि भीमदत्तले छात्राबासका अध्यक्ष परियार सहितलाई बोलाएर छलफल गरेको थियो । छलफलमा अध्यक्ष परियार सहितले आवश्यक सबै कागजात भएको दावी गरेका थिए ।

छात्राबासका अध्यक्ष परियार आफैं कार्यपालिका सदस्य भएकाले कार्यालय सुरुमा पत्राचार गर्न पछि हटेको थियो । अख्तियारले छानबिन गरे नगरपालिकाका कर्मचारी छानबबिनमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी छात्राबासित कागजात मागिएको हो । 

नगर विकास समितिको जग्गा कब्जा र नक्सा पास विना सरकारी बजेट ल्याएर छात्राबास निर्माण भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने सम्भावना छ । भीमदत्तले योजना सम्झौता गरेपछि अख्तियारले छानबिन गर्न सक्ने भएपछि कार्यालयले छात्राबासलाई पत्र पठाएको छ । 

छात्राबासका अध्यक्ष परियार सहितका पदाधिकारी भने छत ढलान कार्य सकिएपछि बिल भुक्तानीका लगि कर्मचारीलाई दबाव दिँदै आएका छन् । छात्राबासको विवाद बाहिर आएपछि प्राविधिकले कागजात विना बिल उठाउन नसक्ने जवाफ दिएका छन् ।

कार्यालयका कर्मचारीले आवश्यक कागजा बिल उठाउन नसकिने बताएपछि प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले छात्राबासलाई पत्र पठाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बमले निर्माणाधिन छात्राबाससंग सम्बन्धित सबै कागजात पठाउन पत्र पठाएको बताए । ‘त्यससंगग सम्बन्धित सबै कागजात पठाउन भनेका छौ, त्यसमा जग्गाको पूर्जा, भोगाधिकारको कागज, नक्सा पास लगायतका आवश्यक कागजात पठाउन भनेका छौ’ उनले भने ।

सुदूरपश्चिम दलित छात्राबासले कागजात पठाएपछि आवश्यक प्रक्रियामा जाने प्रमुख प्रशाुकीय अधिकृत बमले बताए । ‘कागजात आएका छैनन्, ती कागजात आएपछि के गर्ने नगर्ने भनेर निर्णय गर्छौ’ उनले भने ।

नगरपालिकाले मागेका कागजात नभए छत ढलान योजनाको भुक्तानी रकम नदिइने प्रमुख प्रशासकीय अधिकृत बमले बताए । ‘हो, योजना सम्झौता भएको छ, त्यससंग सम्बन्धित कार्यालयले खोजेका कागजात देखिएन भने भुक्तानी हुँदैन’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बम भीमदत्त नगर विकास समितिको सदस्य सचिव छन् । भीमदत्तका मेयर पदम बोगटी नगर विकास समितिका अध्यक्ष छन् । मेयर बोगटीको कार्यपालिका सदस्यले नगर विकास समितिको जग्गा कब्जा गरी छात्राबास बनाएका हुन् ।

मेयर बोगटी, उप मेयर जोशी र प्रमुख प्रशासकीय अधिकृत बम अहिलेसम्म छात्राबास निर्माण स्थलमा गएका छैनन् । भीमदत्त नगर विकास समितिको आइतबार बस्ने बैठकमा यसबारे कुरा हुन सक्ने समितिका एक सदस्यले बताए ।

विकल्प दैनिकलाई प्राप्त खर्च विवरण अनुसार हालसम्म ६३ लाख भन्दा बढी रकम खर्च गरिएको छ । २०७२ मा शान्ति तथा पुनः निर्माण मन्त्रालयको २३ लाख रकम ल्याएर छात्राबास बनाउन थालिएको थियो ।

हालसम्म बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र २०७० को संविधान सभाका दुई जना सभा सदस्य छन् । मन्त्रालयपछि बेदकोट नगरपालिकाले ६ लाख सहयोग गरेको छ । बेदकोटले आर्थिक वर्ष २०७७÷०७८ मा सहयोग गरेको थियो ।

शुक्लाफाँटा नगरपालिकाले २०७५ मा १ लाख,दोधारा चाँदनी नगरपालिकाले सोही वर्ष २ लाख र दुई सभा सदस्यले १२ लाख सहयोग गरेका छन् । त्यसमा रमेश लेखकले १० लाख र बहादुर सिह थापाले २ लाख सहयोग गरेका छन् ।

सुदूरपश्चिम दलित छात्रासबाले अवैध निर्माण गरिएको बाहिर आएपछि भीमदत्त नगरपालिकामा संस्था दर्ताको प्रमाण पत्र र तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्र बहादुर विष्टले भोगाधिकारका लागि सहरी विकास मन्त्रालयलाई पठाएको पत्रका प्रतिलिपी पेश गरिएका छन् । तत्कालिन अध्यक्ष विष्टले मन्त्रालयलाई पठाइको पत्रका आधारमा आफूहरुले भोगाधिकार पाएको भन्दै सरकारी बजेट खर्च गरी छात्राबास बनाइएको हो ।

सुदूरपश्चिम दलित छात्राबास कञ्चनपुरका अध्यक्ष परियार सहित पदाधिकारी र सदस्यहरु राजनीतिक दलमा आवद्ध छन् । उनीहरुमध्ये अध्यक्ष परियार भीमदत्त नगरपालिका र सचिव पवन नेपाली बेदकोट नगरपालिका कार्यपालिका सदस्य छन् । बेदकोटका कार्यपालिका सदस्य बेदकोट काँग्रेसका सचिव पनि छन् ।

काँग्रेसको नेपाल दलित संघका केन्द्रीय नेता परियारलाई भीमदत्तका मेयर बोगटीले कार्यपालिका सदस्य बनाएर लेखा समिति संयोजक बनाएका हुन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई पढ्न आउने दलित समुदायका विद्यार्थीले बस्नलाई कोठा नपाएपछि सुविधाका लागि भन्दै छात्राबास बनाउन थालिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...