महेन्द्रनगर । के परीक्षा दिएर घरमा बसेका विद्यार्थी भाई बहिनीहरु केही सिक्न खोज्दै हुनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईहरु विभिन्न विधामा निःशुल्क जानकारी हासिल गरी आफ्नो फुर्सदको समय सदुपयोग गर्न सक्नु हुनेछ ।
वार्षिक परीक्षा दिएर घरमा बसेका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि सार्क एजुकेशन फाउण्डेनशले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक आइतबारदेखि निःशुल्क समर क्याम्पस सञ्चालन गर्न गर्न लागेको हो । ६ दिनसम्म सञ्चालन हुने क्याम्पमा स्क्रिप्ट लेखन, क्यानभास पेन्टिङ्ग र रोबोटिक्स केन्द्रित गरिएको छ ।
परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई रचनात्मक ज्ञान सीप प्रदान गर्ने लक्ष्य दिएर क्याम्पस सञ्चालन गरिने विद्यार्थीका निर्देशक लक्ष्मण वस्नेतले बताए ।
‘परीक्षा दिएर घरमा बसेका कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी क्याम्पस सञ्चालन गरिने हो, यसबाट विद्यार्थीहरुमा रचनात्मक, वर्र्णनात्मक र दक्ष हुने आश राखेका छौ’ निर्देशक बस्नेतले भने ।
क्याम्पमा सार्क स्कुल बाहेक अन्य विद्यालयका विद्यार्थीहरु पनि सहभागी हुने भएका छन् । देशका परिचित प्रशिक्षकले क्याम्पमा प्रशिक्षण दिने छन् ।
‘सबै तयारी गरेका छौ, भोलिदेखि क्याम्प सञ्चालन गर्छौ’ सार्कका निर्देशक वस्नेतले भने,‘क्याम्पमा सहभागी भएर ज्ञान सीप हासिल गर्न सबै भाई बहिनीहरुमा अनुरोध गर्दछौ ।’