ghar sansar

पूर्णागिरी माताका दर्शनार्थीलाई ऐंठपुरका यी युवाले गराउँदै छन् जलपान

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐंठपुरका युवाले पूर्णागिरी माताका दर्शनार्थीहरुलाई जलपान गराउन थालेका छन् । मंगलबार पहिलो दिन पाँच हजार दर्शनार्थीलाई पानी र जुस खुवाइएको छ ।

ऐठपुरका तेजप्रकाश भट्टले अन्य युवाको सहयोगमा मंगलबार महाकाली सिँचाई आयोजना कार्यालय नजिक जलपान गराउन थालेका छन् । जलपान कार्यक्रममा भट्टले व्यक्तिगत लगानी गरेका छन् । उनलाई अन्य युवाले साथ दिएका छन् ।

उनीहरुले विहानदेखि दिनभरि पूर्णागिरी माताका दर्शनार्थी बाहेक सुरक्षाकर्मीलाई पनि पानी र जुस खुवाएका छन् । पहिलो दिन ८ हजार लिटर पानी र ८ सय लिटर जुस खुवाइको छ ।

बैशाख ५ गतेसम्म सञ्चाललन हुने जलपान कार्यक्रमको संयोजकमा काब्या भट्ट छन् । यसमा एसपी बडु प्रमुख र मान बहादुर पाल विशेष सल्लाहकार छन् ।

जलपानमा मोहित पन्त, निरञ्जन बम, प्रतिपाल सिह, कपिल चन्द, तिलकराज जोशी, कपिलराज जोशी, महेशराज जोशी, सुरेन्द्र सिह, धर्मेन्द सिह, अंश दिप सिंह, सुखबीर सिह, तेजपाल राठौर र जैभानले सहयोग गरेका छन् ।

उनीहरुले गड्डाचौकी नाका पुगेर सुरक्षाकर्मीहरुलाई पनि जलपान गराउने कार्यक्रम भएको जानकारी दिए ।

‘पूर्णागिरी माता र सिद्धनाथ बाबाको दर्शनका लागि सबै दर्शनार्थी र सुरक्षाकर्मीहरुलाई जलपान गराई रहेका छौ’ भट्टले भने,‘यो गर्मीमा केही हदसम्म भए पनि अलि सहज हुन्छ ।’

पूर्णागिरी माताको दर्शन गरेपछि सिद्धनाथ बाबाको दर्शन गरे मात्र मनोकामना पूरा हुने विश्वास गरिन्छ । सिद्धनाथ बाबाको दर्शनका लागि महेन्द्रनगर आएका दर्शनार्थीहरुलाई उनीहरुले जलपान गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...