
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा सरकारी जमिनमा पक्की संरचना बनाउन दिएर खोका छाप्रा र टहरा हटाउने कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा सर्बदलीय सर्वपक्षीय बैठक गरी खोका छाप्रा र टहरा हटाउने निर्णय गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सरकारी सार्वजनिक जग्गाको अतिक्रमण हटाउने निर्णय गरेपछि पनि वन कार्यालय नजिक र कटानमा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका छन् । वन कार्यालय नजिक सुदूरपश्चिम दलित छात्राबासको छत ढलान गरिएको छ ।
भीमदत्त नगरपालिकाले योजना सम्झौता गरी छात्रासको छत ढलान गरिएको छ । यसैगरी कटानमा महाकाली सिँचाई योजनाको जमिनमा सहरी विकास मन्त्रालयले ठेक्का गरी ६२ लाखमा भवन लगायतका स्ररचना बनाउन थालिएको हो ।
सरकारी जमिनमा अतिक्रमण गरिएका यी संरचनालाई प्रशासन र भीमदत्त दुबैले अनदेखा गरेका छन् । यी दुबै संरचनामा निर्माण राजनीतिक शक्तिको आडमा गरिएका छन् ।
भीमदत्तका मेयर पदम बोगटी आफैं भीमदत्त नगर विकास समितिको अध्यक्ष हुँदा समेत निर्माणाधिन संरचनामा मौन समर्थन दिएका छन् ।
प्रशासन कार्यालयमा चैत २२ गते बसेको बैठकले खोका छाप्रा हटाउन ७ दिनको म्याद थप गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालको आदेशमा टेक्दै जिल्ला प्रशासनकार्यालयले कञ्चनपुरमा रहेका सरकारी स्वामित्वमा अतिक्रमित जमिन खाली गर्ने पहिलो सुचना सार्बजनिक गरेको थियो ।
नेपाल बाल संगठन लगाएत अन्य सरकारी निकायले सरकारी मातहतको जग्गा खाली गर्ने चैत्र १५ गते नै सार्बजनिक सूचना जारी गरेको थियो ।
प्रशासनले भाडामा दिइएका जग्गामा बनेका घर टहरा हटाउने भने सक्रियता देखाएको छ । नेपाल बाल संगठन र खाद्य व्यापार कम्पनि लि.को जग्गामा बनेका टहरा हटाउन बैठकमा निर्णय गरिएको थियो ।
