ghar sansar

नगर विकासको अवैध लिज र अतिक्रमण छानबिन गरी संलग्नमाथि कारवाही गर्न एमाले कञ्चनपुरको माग

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको अवैध लिज र जग्गा अतिक्रमणका छानबिन गरी संलग्नमाथि कारवाही गर्न माग गरेको छ ।

एमाले जिल्ला कमिटीको बिहीबार बसेको पूर्ण बैठकबाट लिज र अतिक्रमणको छानबिन गरी कारवाहीको माग गर्ने प्रस्ताव पारित गरेको हो ।

,orning glory badhai

एमालेले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक निर्णयको समसामयिक प्रस्ताव अन्र्तगत ७ नं. बुँदामा नगर विकास समितिको अवैध लिज र जग्गा अतिक्रमण छानबिनको विषय उल्लेख गरिएको छ ।

‘महेन्द्रनगर नगर विकास समितिको अवैध लिज र अवैध जग्गा अतिक्रमणबारे छानबिन गरी यथार्थ सार्वजनिक गरेर संलग्नमाथि कारवाही गर्न यो बैठक माग गर्दछ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

dirghayi clinic

एमाले कञ्चनपुरले भूमि आयोग गठन, हुलाकी सडक दु्रतगतिमा निर्माण, दोधारा चाँदनी सुख्खा बन्दरगाह र महाकाली नदीको चार लेन पुल निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेको छ ।

महाकाली कोरिडोर, तत्कालिन शुक्लाफाँटा आरक्षबाट विस्थापित वासिन्दाकोृ पुनस्र्थापन, दैजी लिफ्ना, जोगबुडा बुडर सडक खण्ड, कलुवापुर बेलौरी सडक खण्ड,बंक नाइल सडक खण्ड लगायतका सडकका लागि बजेट विनियोजन गर्न पनि बैठकले माग गरेको छ ।

एमालेले विपद् व्यवस्थापनको आवश्यक तयारी गर्न स्थानीय प्रशासन र स्थानीय सरकारहरुको ध्यानाकर्षण गराएको छ । एमाले जिल्ला बैठकले पूर्व तयारीका लागि बजेट विनियोजन गर्न माग गरेको छ ।

मझगाउँ विमानस्थल सञ्चालनका लागि थालिएको पुनः निर्माण कार्यलाई छिटो सम्पन्न गरिनु पर्ने, किसानका लागि आवश्यक बिउबिजन र मलखादको व्यवस्था गरिनु पर्ने, उखु किसानका समस्या, सीमा क्षेत्रका समस्या, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउनु पर्ने एमाले जिल्ला कमिटी बैठकले माग गरेको छ ।

युवा पलायन रोक्न स्वदेशमा रोजगारी ुिसर्जना गर्न पर्ने र नेपाल भारत सीमा नाकामा सर्वसाधारणलाई सास्ती दिने कार्य अन्त्य गरिनु पर्ने माग अघि सारिएको छ ।

Himal dental
सम्बन्धित
Loading...