ghar sansar

डा. चन्दद्वारा स्वर्गिय आमा बुवा दाईको सम्झनामा सुना– गोपीकृष्ण अक्षय कोष घोषणा

dirghayu ad

महेन्द्रनगर । डायमण्ड पब्लिक एकेडेमीका संस्थापक डा. हिरा चन्दले सुना– गोपीकृष्ण नामक अक्षय कोष घोषणा गरेका छन् ।

कुमाउ विश्वविद्यालयमा विद्यावारिधि(पीएचडी) गरेपछि चन्दले अक्षराम्भ गरेको बैतडी कुलाउँस्थित उदयदेब मावि र कुल देवता उदयदेबका लागि नयाँ वर्षको अवसर पारी शनिबार अक्षय कोष घोषणा स्थापना गर्ने गरेका हुन् ।

ratnam malkhad

डा. चन्दले आफ्ना स्वर्गिय बुवा गोपी चन्द, आमा सुनादेबी चन्द र दाई कृष्ण चन्दको स्मृतिमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । विद्यालय र मन्दिर दुबैलाई चन्दले अक्षय कोष स्थापना सम्बन्धि जानकारी दिएका छन् । विद्यालय र मन्दिर दुबैमा एक लाख एघार हजार एक सय एघार सय रुपैँयाको अक्षय कोष घोषणा गरिएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका ५ कपाडी सिमलमा जन्मिएका चन्दको उदय मावि कफाडीमा अक्षराम्भ भएको थियो । उदय देव माविमा कक्षा ५ सम्म पढेका उनी विद्यालयका पहिलो ब्याचका विद्यार्थी हुन् । २०३७ मा विद्यालय स्थापना हुँदा उनी सहित १३ जनाले कक्षा १ पढेका थिए ।

उदयदेब माविमा कक्षा १ पढेको ३३ वर्षपछि उनले कुमाउ विश्वविद्यालयमा विद्यावारिधि हासिल गरेका छन् । उनले विद्यावारिधि हासिल गरेपछि आफूले अक्षराम्भ गरेको विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयका कमजोर, विपन्न, जेहेन्दार र उत्कृष्ठ विद्यार्थीलाई छात्रबृत्तिका लागि अक्षय कोष स्थापना गरिएको डा. चन्दले बताए ।

‘म त्यो विद्यालयको पहिलो ब्चायको विद्यार्थी हुँ, मेरा स्वर्गिय दाई कृष्ण बहादुर चन्द मेरा पहिला गुरु हुन्, वहाँ विद्यालयको संस्थापक हो’ डा. चन्दले भने,‘त्यहीं विद्यालयमा पढेर मैले पीएचडी गरे, थुप्रै विषयमा डिग्री गरे, आज नयाँ वर्षको अवसरमा मैले अक्षराम्भ गरेका विद्यालयमा विपन्न, गरीब, जेहेन्दार, उत्कृष्ठ विद्यार्थीलाई पठनपाठनमा थोरै भए पनि सहयोग पुगोस भनेर अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छु ।’

अक्षय कोष घोषणा गर्दै डा.चन्दले माता, पिता, गुरु र देवताको आर्शिवादले मात्रै जीवन फलदायी हुने बताए ।

स्वर्गिय आमा बुवा, दाईको आर्शिवाद, धर्मपत्नि सुना चन्द, छोरी डल्लु, छोरा लड्ड सहित घर परिवारको साथ सहयोगले आफूले जीवनको ठूलो सपना विद्या वारिधि उपाधि हासिल गरिएको चन्द बताउँछन् ।

डा. चन्दले कुल देवताका उदयदेबको पूजापाठ लगायतका नित्य कर्म सञ्चालनका लागि मन्दिरमा अक्षय कोष स्थापना गरिएको बताए । उनले केही दिनमा अक्षय कोष रकम हस्तान्तरण गरिने जानकारी दिए ।
प्याब्सन केन्द्रीय समितिका सल्लाहकार सहित विभिन्न सामाजिक संस्थामा आवद्ध चन्द भीमदत्त नगरपालिका १० गड्डाचौकीका वासिन्दा हुन् । उनले विद्यावारिधि गर्न अघि ८ विषयमा डिग्री हासिल गरेका छन् ।

कुमाउ विश्वविद्यालयबाट राजनीतिक शास्त्र, अर्थशास्त्र, समाज शास्त्र र शिक्षा शास्त्र, उत्तराखण्ड खुला विश्वविद्यालयबाट योगाचार्य, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एलएलबी र जनज्योति बहुमुखी क्याम्पसबाट बीएड गरेका छन् ।

सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी गरेका चन्दले गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन् । त्यस अघि कक्षा ८ सम्म चन्दको पठनपाठन पुख्र्यौली बैतडीमा भएको थियो ।

बैतडीको विशालपुर मावि रोकटामा कक्षा ६ र ७ का पढेका उनले कक्षा ८ को पढाई विजय मावि तितावैमा गरेका थिए ।

डायमण्ड नामले परिचित उनी महाकाली साहित्य संगममा सदस्य र समाज कल्याण बाल अञ्चल अनाथालयमा उपाध्यक्ष, एमनेस्टी इन्टरनेशनमा सदस्य र पतञ्जली योग समितिमा उनी सल्लाहकार छन् ।

चन्द स्वर्गिय सुनादेबी चन्द र गोपी चन्दका सातौ सन्तान हुन् । शिक्षणसंगै चन्द एमाले राजनीतिमा सक्रिय छन् । उनी एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए ।

Himal dental
सम्बन्धित
Loading...