
महेन्द्रनगर । भारतीय राजदूतावासले भीमदत्त नगरपालिकाका दुई सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ । भीमदत्त नगरपालिका २ उल्टाखामस्थित सरस्वती मावि र भीनपा १९ बागफाँटाको लक्ष्मी माविलाई आइतबार काठमाडौंमा बस हस्तान्तरण गरिएको छ ।
नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्र्तगत ती दुबै विद्यालयलाई बस उपलब्ध गराइएको हो । भारतीय दूतावासले केही महिना सार्वजनिक गरेको सूचना अनुसार स्कुल बसका लागि आवेदन दिएका विद्यालयलाई बस उपलब्ध गराइएको हो ।

अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदूत नविन श्रीवास्तले दुबै विद्यालयलाई बस हस्तान्तरण गरे । सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्ट, लक्ष्मी माविका अध्यक्ष दशरथ भण्डारी र प्रधानाध्यापक प्रमाननन्द नाथलाई वस हस्तान्तरण गरिएको छ ।
लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले बस हस्तान्तरणपछि स्कुल बसले विद्यालय भन्दा टाढाका विद्यार्थीलाई विद्यालयसम्म पहुँच पुग्ने बताए ।
